रवि लामिछानेबारे समाचार लेख्ने ‘उकेरा’मा हमला, कानुनी उपचारमा जाने तयारी


मेचीकाली

काठमाडौं– अनलाइन न्यूजपोर्टल उकेरा डटकममा ‘साइबर हमला’ भएको छ । उक्त अनलाइनको सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी प्रकाशित पाँच समाचार सामाग्री मेटाउने काम भएको उकेरा डटकमको प्रकाशक कम्पनी पाथसिड नेपाल प्रालिले जनाएको छ । 

उकेराको सिएमएसमा बिहीबार बेलुका साँढे १२ बजेदेखि २ बजेसम्ममा अनधिकृत रूपमा प्रवेश गरी, ’उपराष्ट्रपति पुत्र दीपेशको सहकारीले बचतकर्ताको पैसा फिर्ता गर्न सकेन’, ’रवि लामिछानेसँग ठ्याक्कै मिल्ने भारतको एक मुद्दा जसले नेपाली चेली किरण अनागरिक बनिन्’ , निर्वाचन बदर भो’, ’रविको अर्को ’अपराध’को खुलासा ः अमेरिकी पासपोर्ट हुँदाहुँदै झुक्क्याएर निकाले नेपाली पासपोर्ट’, ’जब थापाथली सुकुम्वासी बस्तीका बासिन्दाले सूचनालाई हल्ला सम्झिए‘’ लगायतका  समाचार डिलेट गरी हेडलाइन बदल्ने र असम्बन्धित तस्बिर प्रकाशित गर्ने काम भएको थियो ।

कम्पनीले आज निकालेको विज्ञप्तिअनुसार पटक–पटक सिएमएसको पासवर्ड बदल्दा समेत सो गतिविधि जारी थियो । उकेराको प्राविधिक समूहको छानबिनमा सर्भरमा पटक–पटक आक्रमण गरी सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरेर ती सामाग्रीहरू हटाउने काम भएको देखिएको कम्पनीले जनाएको छ । 

उकेरामा प्रकाशित कुनै सामाग्रीप्रति कसैलाई आपत्ति भए कानुनी प्रक्रियामा जानुको साटो अनधिकृत रूपमा सिएमएसमा प्रवेश गरी क्षति पूर्याउने प्रयास हुनु भनेको प्रेस स्वतन्त्रतामाथिको हमला भएएएकोे भन्दै उक्त घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन कानुनी उपचारमा जाने कम्पनीका अध्यक्ष सुरेश ढकालले जनाएका छन् ।



प्रतिक्रिया



थप समाचारहरु