एघार कैदीबन्दीले सजाँयमा छुट पाए


मेचीकाली

काभ्रे– सातौँ संविधान दिवसको अवसरमा जिल्ला कारागार कार्यालय काभ्रेमा कैद भुक्तान गरिरहेका एघार कैदीबन्दीले कैद सजाँयमा छुट पाएका छन् । कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका र राम्रो आचरण भएका एघार कैदीबन्दीले कैद सजाँयमा छुट पाएको जिल्ला कारागार कार्यालय काभ्रेले जनाएको छ ।
जिल्ला कारागार कार्यालय काभ्रेका प्रमुख जेलर गायत्रीप्रसाद अधिकारीका अनुसार कैद सजाँय छुट पाउनेमा डाँकाचोरी मुद्दाका पाँच जना, सवारी ज्यानका तीन जना, कर्तव्य ज्यान मुद्दाका दुई जना र नकवजनी चोरी मुद्दामा कारागारमा कैद सजाँय भोगिरहेका एक जना रहेका छन् । उहाँँका अनुसार सवारी कर्तव्य ज्यान मुद्दामा संलग्न रामेछाप मन्थली–६ का सुनिल योञ्जन, पाँचखाल नगरपालिका–३ का सविन दनुवार, भक्तपुर–१० का विक्रम जाकी बञ्जारा रहेको बताउनुभयो । यसैगरी कैद सजाँय छुट हुनेमा डाँकाचोरीका काभ्रेको बेथानचोक गाउँपालिका–१ का निशान गोले, काभ्रेकै खानीखोला गाउँपालिका–१ का जगतबहादुर गोले, खानीखोला– २ का रमेश थोक्कर, पनौती नगरपालिका–८ का विकास बञ्जारा, खानीखोला–७ का अनिल घिसिङ रहेको कारागार कार्यालय काभ्रेले जनाएको छ ।
त्यस्तै कर्तव्य ज्यान मुद्दामा कैद सजाँय भोगिरहेका काभ्रेको मण्डनदेउपुर– १२ ज्याम्दीका सुकुमान पाख्रिन, खानीखोला गाउँपालिका– ३ का कारसाङ वाइवा र नकवजनी चोरी मुद्दामा सजाँय भोगिरहेका रामेछापको सुनापति– ४ का भगवान घिमिरे(मिलन)को कैद सजाँय छुट भएको जेलर अधिकारीले बताउनुभयो । उहाँले आईतबार कैद सजाँय छुट पाएका कैदीबन्दीले ५० प्रतिशत र्कैद सजाँय भुक्तान गरिसकेको तथा कार्यालयको रेकर्डमा नकरात्मक सूचीमा नपरेका कैदीबन्दीले सजाँय छुट पाएको बताउनुभयो । सरकारले हरेक वर्ष बडा दशैँ, संविधान दिवस र गणतन्त्र दिवसको अवसरमा विभिन्न मुद्धामा संलग्न भई अदालतको आदेशपछि ५० प्रतिशत कैद भुक्तान गरेका र राम्रो आचरण भएका कैदीबन्दीलाई आम माफी दिँदै आएको छ ।

प्रतिक्रिया



थप समाचारहरु