खानीखोलामा आमालाई चिर्पट र नगर प्रहरीलाई चुप्पी हान्ने व्यक्ति पक्राउ


मेचीकाली

काभ्रे- काभ्रेको खानीखोलामा आफ्नी आमालाई चिर्पट प्रहार गरिसकेपछि गाउँपालिकाको नगर प्रहरीलाई चुप्पी प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खानीखोला गाउँपालिका-५ का २८ वर्षका विकास भुजेल रहेका छन् ।

उनले आज साँझ ५ बजे आफ्नै आमा  बर्ष ५० की सुनमाया भुजेललाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए । सुनमायाको कान माथि टाउकोमा चोट लागेकोमा उपचारको लागि प्राथामिक स्वस्थ्य केन्द्र तालढुङगामा लगि उपचार भईरहेको छ ।

आमालाई चिर्पट प्रहार गरेर घरबाट निस्किएका विकासले गाउँपालिकामा कार्यरत नगर प्रहरी  खानिखोला ५ कै ३० वर्षका पाल्साङ लामालाई गाउपालीकाको गेट अगाडी चुप्पिले प्रहार गरी घाइते बनाएका छन् । उनको छात्ती र ढाडको बायाँ पट्टी चोट लागेको छ । उनलाई उपचारको लागि धुलिखेल अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया



थप समाचारहरु