कसरी भयो मेनुकाको निधन ? ‘माइती पक्ष भन्छ, श्रीमानका कारण ज्यान गयो’


मेचीकाली

–बनेपा हस्पिटलले पनि लापर्बाही गरेको आरोप

बनेपा– सामान्य पेट दुखेर हस्पिटल आएकी सुर्यबिनायक नगरपालिका वार्ड नं १० बस्ने बर्ष २४ की मेनुका थापा कार्कीको निधन भएको छ । गत शुक्रबार स्वास्थ्य समस्या आएर बनेपा हस्पिटलमा परिवारसँगै आएकी मेनुका शनिबार बिहान ६ बजेको सुर्योदयसँगै अस्ताइन् । हस्पिटलमा सामान्य स्वास्थ अवस्था रहेकोमा एक्कासी उनको मृत्युले सबै शसंकित बनेका छन् ।

मेनुकाको मृत्यु संगै माइती पक्षले परिवार र श्रीमानको कारण मेनुकाको ज्यान गएको भन्दै परिवार श्रीमानको नाममा इलाका प्रहरि कार्यालय बनेपामा जाहेरी दिएको छ । माइती पक्षले श्रीमान र परिवारले मानसिक र शारिरीक यातना दिएको साथै अन्य कैफियत पनि हुन सक्ने भएकाले सोहि अनुसारको अनुसन्धान र कार्वाहि हुनु पर्ने माग गरेको छ । साथै हस्पिटलको पनि कमजोरी भएको छ, बिरामिको अवस्था गम्भिर भएसँगै किन सुधिधायुक्त हस्पिटलमा रेफर गरिएन त्यस्को पनि छानबिन हुनुपर्ने मृतककी भदै बिमला थापा श्रेष्ठको माग छ । 

उता मृतकको घर पक्षले पनि प्रहरीमा जाहेरि दिदै लाश पोस्टमार्टम गर्न र केहि कैफियत रहे कार्वाहि अगाडि बढाउन माग गर्दै जाहेरी दिएको इलाका प्रहरि कार्यालय बनेपाका निरिक्षक राजन कोइरालाले बताए । दुबै पक्षलाई राखेर पोस्टमार्टम गर्नेसम्मको वातावरणमा आफु लागेको कोइरालाले जानकारि दिए ।

मृतकका श्रीमान भुपेन्द्र बहादुर कार्की २३ दिन पहिले साउदीबाट आएका थिए । मृतकका माइती पक्षको आरोपलाई खन्डन गर्दै कुनै यातना नदिएको श्रीमतिलाई केहि दिन देखि स्वास्थ्य समस्या भएकाले स्थानिय मेडिकलबाट खोकीको सिरप लगायतको औषधि ल्याएर खाँदा पनि स्वास्थ्यमा सुधार नआएको र पेट पनि दुख्न लागेपछि श्रीमतिकै आग्रहमा बनेपा हस्पिटलमा ल्याएको मृतकका श्रीमान कार्कीले बताए । ‘श्रीमतिले भनेकाले यो हस्पिटलमा ल्याइयो अर्को हस्पिटलमा लगेको भए बाच्ने थिइन् कि’ भन्ने लागेको समेत उनले बताए । 

यद्यपि माइती पक्षले भने श्रीमानले दाइजोको निहुँमा शारीरिक यातना दिने गरेको, अर्को केटिसँग लागेर दुइ श्रीमति ल्याउने खालको मानशिक यातना दिएको साथै मिलेमतोमा मारेको भन्ने आरोप लगाएका छन् । मृतक मेनुकाको ६ बर्षकी छोरी छिन् । उनको शव अहिलेसम्म उठ्न सकेको छैन ।

प्रतिक्रिया



थप समाचारहरु