पठाओ चालकको मोबाइल चोरेर भाग्ने दुईजना बनेपाबाट पक्राउ


मेचीकाली

बनेपा–क्युआरबाट पैसा तिर्न नेट चलेन भन्दै पठाओ चालकको मोबाइल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका वडा नं. ४ बस्न २२ वर्षको प्रकाश महत  र सोही ठाउँका ३२ वर्षको युवराज महत रहेका छन् । उनीहरुको साथबाट ३ थान मोबाइलसमेत बरामद भएको इलाका प्रही कार्यालय बनेपाले जनाएको छ ।

नेट नचलेको बहानामा हुुन्थ्यो चोरी

प्रहरीका अनुसार उनीहरुले काठमाण्डौ तथा भक्तपुरबाट काभ्रेपलाञ्चोकको बिभिन्न ठाँउमा जान भनि पठाओ बुक गर्ने गरेका थिए । त्यसपछि बनेपा बजार तथा बिभिन्न स्थानमा आई पठाओ चालककलाई बिश्वासमा पारी पठाओ चालकलाई खाजा खान लैजाने तथा उक्त खाजा घरको बिल र पठाओ चालकको भाडा क्यू आर मार्फत हालिदिने भनि नेट नचलेको बहाना गरी बाहिर गएर क्यु आर गरिदिन्छु भनि पठाओ चालकको  मोबाईल समेत लिएर भाग्ने गरेका थिए ।

प्रहरीमा यससम्वन्धी उजुरी परेपछि उनीहरुको हुलियाको आधारमा सुक्ष्म अनुसन्धान गरी  खोजतलास गर्ने क्रममा बनेपा ८ तिनदोबाटोमा पठाओ चालकलाई काठमाण्डौ जान बार्गेनिङ  गरी रहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

इप्रका बनेपाको विज्ञप्ति :

बिभिन्न मितिमा काठमाण्डौ तथा भक्तपुरबाट काभ्रेपलाञ्चोकको बिभिन्न ठाँउमा जान भनि पठाओ बुक गरी काभ्रेपलाञ्चोकको बनेपा बजार तथा बिभिन्न स्थानमा आई पठाओ चालककलाई बिश्वासमा पारी खाजा खान लैजाने  तथा उक्त खाजा घरको बिल र पठाओ चालकको भाडा क्यू आर मार्फत हालिदिने भनि   नेट नचलेको बहाना गरी बाहिर गएर क्यु आर गरिदिन्छु भनि पठाओ चालकको  मोबाईल  समेत लिएर गई चोरी गरी फरार रहेका समुहको यस कार्यालबाट निजहरुको हुलियाको आधारमा सुक्ष्म अनुसन्धान गरी  खोजतलास गर्ने क्रममा का.प.जि. बनेपा न.पा. वडा न. ८ तिनदोबाटो स्थित पठाओ चालकलाई काठमाण्डौ जान  बार्गेनिङ  गरी रहेको अबस्थामा जिल्ला काभ्रेपलाञ्चोक भुम्लु गा.पा वडा नं.०४ बस्ने देव बहादुर महतको छोरा प्रकाश महतलाई फेला पारी प्रकाउ गरी निजसँग थप सोधपुक्ष गर्दा निजले ऐ.जिल्ला भुम्लु गा.पा वडा नं.०४ बस्ने गणेश बहादुर महतको छोरा बर्ष ३३ को युवराज महत मिलेर उक्त चोरी गरेको मोवाईलहरु बेच्ने गरेको भन्ने कुरा खुलाएको  साथै निम्न IMEI नम्बर भएको मोबाईल सहित निजहरुलाई  प्रकाउ गरि मिति २०८१/०५ /०५ गते सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट दिन-७ (सात) को म्याद थप  भई थप अनुसन्धान भईरहेको 

 साथै कोहि कसैको  सोहि तरिकाले मोबाईल चोरी भएको भए यस कार्यालयको सम्पर्कमा समेत आउनु हुनका साथै यस कार्यालयको मोबाईल नम्वर ९८५१२८२९१३ र ९८५१२००२९९ मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ । 

                               हाल बरामद भएका मोवाईलहरु;-

१) IMEI1  35783237611050, IMEI2 353546297611050 भएको Samsung (a27) कम्पनिको कालो रंगको मोबाईल थान -१ 

२)  REDMI कम्पनिको निलो रंगको प्याटन लक भएको मोबाईल थान -१ 

३) Dizo लेखिएको पुस्रो निलो रंको कि प्यार्ड मोबाईल थान -१

                                    पक्राउमा परेका प्रतिवादीहरु;-

१)जिल्ला काभ्रेपलाञ्चोक भुम्लु गा.पा वडा नं.०४ बस्ने देव बहादुर महतको छोरा बर्ष २२ को प्रकश महत 

२) ऐ.ऐ. बस्ने गणेश बहादुर महतको  छोरा बर्ष  को ३२ युवराज महत 




प्रतिक्रिया



थप समाचारहरु