धुलिखेलमा ८४ वर्षीय भिक्षुमाथि कुटपिट र लुटपाट, एकजना पक्राउ


मेचीकाली

काभ्रे–काभ्रेको धुलिखेलमा एकजना वृद्ध वौद्ध भिक्षुमाथि कुटपिट गरी लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

साउन ६ गते बिहान ३ बजेतिर धुलिखेल नगरपालिका वडा नंं ७ भिमसेन स्थानमा रहेको बौद्ध विहारमा पसेर भिक्षु गुणघोषमाथि कुटपिट भएको थियो । ललितपुर स्थायी ठेगाना भएका गुणघोष ४५÷५० बर्ष अगाडि देखी उक्त बिहारमा बस्दै आएका थिए । विहारमा बौद्ध धर्मको उपासिकाहरूलाई ज्ञान गुणका प्रवचन गरि प्रवचन दिई बस्दै आएका उनलाई कुटपिट गरि मुखमा कपडा कोची, लडाई डोरीले बाँधेर नगदसमेत चोरी गरी फरार रहेका झापाको मेची नगरपालिका ९ का २० वर्षका आदित्य श्रेष्ठ पक्राउ परेका हुन् । कुटपिटबाट घाइते भएका भिक्षु गुणघोषको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले श्रेष्ठलाई नगद १ लाख  ६५ हजार ८९० रुपैयाँसहित धुसलखेलमै रहेको होटल हिल्स हेभेनबाट पक्राउ परेको हो । उनलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा सम्मानित काभ्रेपलान्चोक अदालतबाट दिन ७ म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 


प्रतिक्रिया



थप समाचारहरु