काभ्रे र काठमाडौंबाट दोहोरो नागरिकता र पासपोर्ट लिने राजु गुरुङ पक्राउ


मेचीकाली

काभ्रे– काभ्रे र काठमाडौंबाट दोहोरो नागरिकता र राहदानी बनाउने एक व्यक्ति पक्राउ परेका छन् । 

जिल्ला प्रहरी  कार्यालय काभ्रेले जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका ४ स्थायी ठेगाना भएको राजु गुरुङलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्ला प्रहरी कार्यालय काभ्रेमा आवश्यक अनुसन्धानको लागि पठाएको जिल्ला प्रहरी  कार्यालय काभ्रेले जनाएको छ । 

उनले साविकको भरतपुर उपमहानगरपालिका ९ ठेगाना राखेर दुई जिल्लाबाट नागरिकता राहदानी बनाएको पाइएको छ । 

गुरुङले काभ्रेको बनेपा न.पा.वडा न.१४ बाट ना.प्र.प्र.न.३०–०१–७४–१०९७७ को जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी भएको नागरिकता र सोहि नागरिकताको आधारमा राहदानी लिएका थिए । यस्तै काठमाडौं महानगरपालिका वडा न. ४ बाट ना.प्र.न.२७१०६०÷१२०२०५ को काठमाण्डौ जिल्ला प्रशा कार्यालय बाट जारि भएको नागरिकता र सोहि नागरिकताको आधारमा राहदानी लिएको पाइएको छ । 


प्रतिक्रिया



थप समाचारहरु