‘तेमाल गेष्टहाउस’ पुलबजारमा अवैध यौनधन्दा, दुईजना पक्राउ


मेचीकाली

बनेपा– बनेपा नगरपालिका वडा नं. १० पुलबजारमा रहेको तेमाल तेमाल गेष्ट हाउस एण्ड खाजा घरमा यौनधन्दा हुने गरेको खुलेको छ । 

प्रहरीले यौनधन्दा सञ्चालन गरेको आरोपमा गेष्ट हाउसका सञ्चालक र एकजना कामदारलाई पक्राउ गरेको छ । 

उक्त गेष्ट हासउमा बेश्याबृत्ति यौनधन्दा भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जेठ ४ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले गेष्ट हाउस सञ्चालक मकवानपुर बागमति गाउँपालिका वडा नं. ७ स्थायी घर भएका ४२ बर्षीय लालमान तितुङ र त्यहाँ काम गर्ने काभ्रेको चौरी देउराली गाउँपालिका लामाटोलका २० बर्षका श्याम लामालाई पक्राउ गरेको हो । होटलका संचालकहरुले ललाई फकाई, आर्थिक प्रलोभनमा पारी, विश्वास दिलाई होटलमा आउने ग्राहकहरूसँग जवरजस्ती शारिरीक सम्पर्क गर्न बाध्य बनाउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । 

पहरीले गेष्ट हाउसमा रहेका नावालिका र किशोरीहरु गरी पाँच जनालाई उद्धारसमेत गरेको छ । पक्राउ परेकाहरुविरुद्ध मानव बेचबिखन तथा ओसरपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम जाहेरी दरखास्त लिई काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलबाट पहिलो पटकलाई दिन सातको म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको न्यौपानले बताएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु