पाँचखालका अन्जन बराल : ठगीमा पक्राउ परे, छुटेपछि फेरि ठगीमै सक्रिय


मेचीकाली

काठमाडौं–बैंक ठगीको आरोपमा पक्राउ परेर छुटेका पाँचखालका एक युवा फेरि ठगी आरोपमा पक्राउ परेका छन् । 

पाँचखाल नगरपालिका वडा नं. ३ का २८ वर्षका अन्जन बराल करोडौं रुपैयाँका चेकसहित पक्राउ परेका हुन् । २०७६ सालमा उनीसहितको गिरोह समातिएको थियो । तर पछि धरौटीमा छुटेका उनले ठगीको कार्यलाई झनै निरन्तरता दिए फरक शैलीमा ।

२०७६ सालमा विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर चोरेर बैंकबाट करिब २० लाख रुपैयाँ झिकेको अभियोगमा पाँचखालकै अन्जनसहित सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बाग्लुङ गलकोटका सुमन पौडेल र सिन्धुपाल्चोकका गोविन्द घिमिरे पक्राउ परेका थिए । 

अहिले शेयर दिलाइदिने भन्दै ठगीको आरोपमा अन्जन पक्राउ परेका छन् भने अर्का आरोपी गोविन्द घिमिरे फरार छन् । पक्राउ परेका अन्जनको साथबाट प्रहरीले १५ करोड ६५ लाख ८० हजार रुपैयाँ बराबरका ३४ वटा चेक बरामद गरेको छ । 

ठगीको तरिका यस्तो थियो 

एक वर्षदेखि यो गिरोहले एनएमबी, कामना विकास बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक लगायतका बैंकका उपल्लो तहका कर्मचारीसँग मिलेर कागजी प्रक्रिया मिलाउने र कुनै व्यक्तिलाई यति कित्ता शेयर लिनुस पैसा हामि हालिदिन्छौ, पैसा हालेको ३५ दिन भित्र, ५ गुणा हुन्छ भनि विश्वास दिलाउने गर्दथे । त्यसपछि ३५ दिनभित्र सम्वन्धीत व्यक्तिको खातामा ५ गुणा पैसा डिपोजिट हुन्थ्यो भने ५ प्रतिशत रकम खातामा राखी बाँकी रकम अन्जनको गिरोहले निकाल्ने गर्दथ्यो । उनीहरुको चेक अन्जनकै नियन्त्रणमा हुने गरेको थियो ।

जब आफ्नो खातामा बिना लगानी पैसा आएको पीडितले देख्दथे उनीहरु थप लगानीका लागि तयार हुन्थे । त्यसपछि भने अन्जनले लगानीका लागि जम्मा भएको रकम लिएर सम्पर्कबिहीन हुने गरेको पाइएको छ ।  उनले लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गरेको पनि पाइएको छ ।                  

नयाँ बानेश्वरको स्ट्यान्डर्ड चार्टर्ड बैंकको पार्किङ एरियामा बसेर गोविन्दको निर्देशनमा अन्जनले काम गर्दै आएको देखिएको छ ।


प्रतिक्रिया



थप समाचारहरु