२०५४ सालदेखि ६५० रुपैयाँ जरिवाना नतिरी फरार भुम्लुका दुईजना पक्राउ


मेचीकाली

धुलिखेल- अदालतको आदेश अनुसार ६५० रुपैयाँ जरिवाना नतिरी २०५४ सालदेखि फरार दुईजना अभियुक्त पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले  काभ्रेको भुम्लु गाउँपालिका वडा नं ४ का ५४ वर्षीय चित्रबहादुर धनवहादुर पहरी भन्ने दिलबहादुर पहरी र सोही ठेगानाकी ५१ वर्षीय बिना पहरीलाई पक्राउ गरेको हो । उनीहरूलाई भुम्लु गाउँपालिका ४ बाट पक्राउ गरेर आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुबैजनाबिरुद्ध कुटपिटको मुद्दामा जिल्ला अदालत काभ्रेले २०५४ जेठ २० गते जनही ६५० रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

 जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका प्रतिवादीहरुको खोजतलास गरी फैसला कार्यन्वयन गर्न, दण्डहिनताको अन्त्य र कानूनी तथा विधिको शासन स्थापित गर्ने उद्धेश्यलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्राथमिकतामा राखि सोहि अनुरुप कार्यन्वयन गर्ने क्रममा पछिल्लो समय फरार अभियुक्त पक्राउको क्रम तीब्र बनाएको छ ।

यसैगरी सवारी ज्यान मुद्दामा २९ दिन कैद तोकिएका सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका २ का २७ वर्षका लक्ष्मण भारती र बहुविवाह मुद्दामा १ बर्ष ३ महिना कैद तथा १० हजार रुपैयाँ जरिवाना तोकिएकि रोशी गाउँपालिका ९ कि ३७ वर्षीय रश्मि लामा थिङ पक्राउ परेकी छन् । 

प्रतिक्रिया



थप समाचारहरु