गणेश माविको ७२ औँ बार्षिकोत्सव सम्पन्न


मेचीकाली

पाँचखाल– सामुदायिक बिद्यालयहरुमा छुट्टै पहिचान बनाउन सफल भएको काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ भमरकोटस्थित गणेश माध्यमिक बिद्यालयको ७२ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार आयोजित बार्षिकोत्सव समारोहमा पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले नगरभित्र रहेका रहेका सामुदायिक बिद्यालयहरुमध्ये गणेश माध्यमिक बिद्यालयको छुट्टै पहिचान रहेको बताउनुभयो । उहाँले बिद्यालयले विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गरी अभिभावकहरुको विश्वास जित्न सफल भएको बताउनुभयो । उहाँले बिद्यालयको शैक्षिक गतिविधिहरुमा नगरपालिकाको सहयोग रहने बताउनुभयो ।
बिद्यालयको बार्षिकोत्सवको अवसरमा बिद्यालयका एकेडेमिक कोअर्डिनेटर तथा क्रिप्टन एजुकेशनल कन्सलटेनसीका सञ्चालक रुद्रलाल श्रेष्ठले बिद्यालयमा अध्ययनरत ५० बिद्यार्थीका लागि एक लाख २५ हजार रुपियाँको छात्रवृत्ति प्रदान गर्नुभएको थियो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक नारायण प्रसाद सापकोटाले बिद्यालयको समग्र शैक्षिक तथा भौतिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बिद्यालयका शिक्षक तुलसीराम रिजालले बिद्यालयको शैक्षिक गतिविधिका बारेका जानकारी दिनुभएको थियो ।


प्रतिक्रिया



थप समाचारहरु