अनुसन्धानका लागि केयूलाई दश करोड बराबरको उपकरण सहयोग


मेचीकाली

  Mechikali 

धुलिखेल– काठमाडौँ विश्वविद्यालय(केयू)मा निर्माण भईरहेको नेपाल टेक्निकल इनोभेसन सेन्टरमा विभिन्न विषयमा गरिने अनुसन्धानका लागि आवश्यक उपकरणहरु प्राप्त भएको छ । कोरिया अन्र्तराष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले इनोभेसन सेन्टरका लागि आवश्यक पर्नेमध्येको पहिलो चरणमा करिब दश करोड रुपियाँ बराबरको उपकरणहरु सहयोग उपलब्ध गराएको हो । मङ्गलबार कोइका नेपालका कन्ट्री डाईरेक्टर जोङ सुङ्ग चोइ, प्रोजेक्ट म्यानेजिङ कन्सल्टिङ(पिएमसि) उजिम सिनलगायतको टिमले विश्वविद्यालयका लागि उपलब्ध गराएको उपकरणको अवस्थाको बारेमा अनुगनम गरेको थियो ।

काठमाडौँ विश्वविद्यालय एकिकृत ग्रामीण विकास परियोजनाका टिम लिडर प्रा.डा. बिमप्रसाद श्रेष्ठले कोइकाद्धारा केयुलाई उपलब्ध गराएका १७ थान उपकरणबाट विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरुले नविकरणीय उर्जा, शिक्षा, स्वास्थ्य, एकिकृत ग्रामीण विकासको क्षेत्रमा गरिने अध्ययनमा सहयोग पु¥याउने बताउनुभयो । उहाँले सन् २०२२ को अन्त्यसम्म विश्वविद्यालयमा निर्माण भईरहेको इनोभेसन सेन्टरको काम सम्पन्न भएपछि हाल उपलब्ध गराइएका उपकरणहरु केन्द्रको भवन निर्माण सम्पन्न भएपछि उक्त केन्द्रम नै रहने बताउनुभयो ।
कोइकाको सहयोगमा केयुमा सन् २०१६ देखि विश्वविद्यालयको अनुसन्धान र विकास क्षमताको बृद्धि गरी ग्रामीण भेगमा रहेका जनताको जीवनस्तर सुधार गर्ने लक्ष्य राखेर एकिकृत ग्रामीण विकास परियोजना सञ्चालन गरिएको छ । कोइकाले उपलबध गराएका सत्र थान उपकरणहरु विश्वविद्यालयको फार्मेसी विभाग, बायोटेक्नोलोजी विभाग, रयासन विज्ञान विभाग, इन्जिनियरिङ विभाग, सूचना प्रणाली व्यवस्थापन शाखा र प्राविधिक प्रशिक्षण केन्द्रको भवनमा राखिएको छ ।

प्रतिक्रिया



थप समाचारहरु