अनेरास्ववियु काभ्रेको रिटमाथि प्रारम्भिक सुनुवाई, विपक्षीका नाममा कारण देखाउ आदेश


मेचीकाली

काभ्रे–काभ्रेका स्थानीय तहदेखि संघीय सरकारसम्मका सरोकारवालाविरुद्ध सर्वोच्च अदालतमा अनेरास्ववियु काभ्रेले दर्ता गराएको रिटमाथि आज पहिलो सुनुवाई भएको छ ।

हिजो अनेरास्ववियु काभ्रेको तर्फबाट अध्यक्ष मिलनकुमार गौतमले रिट दायर गरेका थिए । आज सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले माध्यामिक तहसम्मको शिक्षा निःशुल्क गर्नुपर्ने रिट निवेदकको मागबमोजिम किन नहुने भन्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । रिट निवेदकको मागअनुसार पहिलो सुनुवाईमा अन्तरिम आदेश नदिएको सर्वोच्चले रिटलाई अग्राधीकारमा राख्दै विपक्षीलाई छलफलका लागि बोलाएको छ ।

अनेरास्ववियु काभ्रेले रिटमा काभ्रेका १३ वटै स्थानीय तह, ती स्थानीय तहका शिक्षा शाखा, शिक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय लगायत शिक्षासँग सम्वन्धीत सरोकारवाला निकायलाई विपक्षी बनाएको छ । सरकारले माध्यामिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । तर त्यो कार्यान्वयन हुन सकेको छैन । जिल्लाका सामूदायिक तथा सरकारी विद्यालयले विद्यार्थीहरुबाट अनेक शीर्षकमा रकम उठाउँदै आएका छन् । 


प्रतिक्रिया



थप समाचारहरु