बेथानचोकका २ वटा विद्यालयलाई शैक्षिक सामग्री


मेचीकाली

ढुंखर्क । बेथानचोक गाउँपालिका स्थायी बसोबास भइ हाल दक्षिण कोरियामा रोजगारी गरिरहेका युवाहरुद्वारा २ वटा विद्यालयमा प्राथमिक तहका सबै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । बेथानचोक गाउँपालिका वडा नम्बर ३ मा रहेका जनप्रिय प्राथमिक विद्यालय र गोरखनाथ प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ । 


बेथानचोक गाउँपालिका स्थायी बसोबास भइ हाल दक्षिण कोरियामा रोजगारी गरिरहनु भएका युवाहरुको सक्रियता तथा सहयोगमा उक्त शैक्षिक सामग्रीहरु काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका प्रतिनिधि रन्जना नेपाल र कृष्णहरि तिमल्सिनाले वडा अध्यक्ष कुबेर ढकालको समन्वयमा वितरण गर्नुभएको हो । जनप्रीय र गोरखनाथका करिब ५० भन्दा बढी विद्यार्थीहरुलाइ कापी, कलम र झोला लगायतका शैक्षिक सामाग्री वितरण गरिएको वडा अध्यक्ष कुबेर ढकाल जानकारी दिनुभयो । बेथानचोक निवासी केदार नपाल सुदर्शन तिमल्सिना, नवराज नेपाललगायतको सक्रियतामा ती सामग्री उपलब्ध गराईएको थियो । सुदर्शन तिमल्सिना कोरिया सम्पर्क समितिका सचिव हुनुहुन्छ । जनप्रिय प्राविमा गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा ती सामग्री हस्तान्तरण गरिएको काभ्रे कोरिया सम्पर्क समितिका तर्फबाट प्रतिनिधि रन्जना नेपालले जानकारी दिनुभयो । कार्यक्रमको सभापतित्व जनप्रिय प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोभित सिंतानले गर्नु भएको थियो । 


यस्तै गोरखनाथ प्राविमा वडा नं. ३ का अध्यक्ष कुवेर ढकालको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री हस्तान्तरण गरिएको र सो कार्यक्रममा कृष्णहरि तिमल्सिना र सुदर्शन तिमल्सिनाका पिताले आवश्यक समन्वय गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व गोरखनाथ प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरवहादुर लामाले गर्नु भएको थियो । समाजले विगतका वर्षहरुमा पनि यस्तै कार्यहरु पनि गरेको थियो भने समाजले विगतका दिनहरुमा मृगौला रोगीहरुलाई पनि सहयोग गरेको काभ्रे कोरिया सम्पर्क समितिका सचिव सुदर्शन तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु