बेथानचोक १ को आयोजना हाजिरीजवाफ सम्पन्न


मेचीकाली

च्याम्राङबेंसी/ बेथानचोक गाउँपालिका वडा नं. १ च्याम्राङबेंसीको आयोजना सम्पन्न हाजिरीजवाफ प्रतियोगिताको उपाधि  जनज्योति महिला समूहले जितेको छ । वडाका विवाहित महिलाहरुका लागि लक्षित गरी आयोजना गरिएको महिला समूहस्तरीय हाजिरीजवाफ प्रतियोगिता एवं विविध कार्यक्रममा  सगरमाथा महिला समूह दोश्रो र नमूना महिला समूह तेश्रो भएको छ । यससँगै प्रथम हुने टिमले नगद रु ७ हजार, दोश्रो हुनेले ५ र तेस्रो हुनेले ३ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा वडा भित्रका प्रगतिशील महिला समूह, जनज्योति महिला समूह, बाघ भैरव महिला समूह, सयपत्री महिला समूह, चन्देवी महिला समूह, सगरमाथा महिला समूह, नमूना महिला समूह, लालीगुराँस महिला समूह, नवज्योति महिला समूह र जनचेतना महिला समूहले भाग लिएका थिए ।

यस्तै सोही दिन सम्पन्न भएको  म्युजिकल चेयर प्रतियोगिता अन्तर्गत विवाहिततर्फ लक्ष्मी तिमल्सिना र अविवाहिततर्फ दिपा दाहाल प्रथम हुनु भएको छ । उहाँहरुले नगद रु १ हजार र प्रमाणपत्र प्राप्त गर्नु भएको छ । द्वितीय र तृतीय हुनेहरुले विवाहित तर्फ मखमली गोले र मञ्जु दाहाल तथा अविवाहिततर्फ ज्योति दाहाल र रक्षा दाहालले क्रमश नगद रु ७/७ सय र ५/५ सय पुरस्कार प्राप्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले हरेक निकायमा महिला सहभागिताको सवाल पटक–पटक उठ्दै आउनु सकारात्मक भएको बताउनु भएको छ । वडा स्तरमा हुने यस प्रकारका कार्यक्रमले महिलाहरुका अधिकार र कर्तव्यहरुको ग्यारेन्टी गर्दै उनीहरुलाई ती अधिकार र कर्तव्यहरुको पूर्ण उपयोग गर्न सक्ने अवस्थामा पु¥याउने भएकाले गाउँपालिकाले पालिकाका महिलाहरको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक स्रोतमा महिला जनशक्तिको पहुँच बढाउने गतिविधि गर्दै आइरहेको बताउनु भयो । सीपवान् र दक्ष जनशक्ति नै राज्य शक्तिको आधार भएकाले गाउँपालिकाले महिलाहरुको सीप अभिवृद्धिका लागि विभिन्न गतिविधि गर्दै आएको बताउनु भयो ।

ठूला बजेट, ठूला भाषणले मात्र नभई वडा स्तरमा हुने साना साना कार्यक्रमले पनि स्थानीयको मुहारमा खुशी आउने हुँदा वडाले गरेको यस प्रकारको कार्यक्रम प्रशंसनीय भएको अध्यक्ष अधिकारीको भनाई थियो । उहाँले महिलाको क्षमता, श्रम, सीप र सिर्जनालाई प्रोत्साहन गर्र्दै आत्मनिर्भर बनाउन जरुरी रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो “गाउँपालिकाको स्रोत, साधन र अवसरमा समान पहुँच स्थापित गर्न र निर्णय प्रकियामा महिलाको समान सहभागिता अभिवृद्धि गर्न गाउँपालिका प्रतिवद्ध छ ।”

 कार्यक्रमका सभापति, वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मधुुसुधन तिमल्सिनाले वडाका महिलाहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा विना विभेद व्यवहार गरिएको बताउनु भयो । महिला लक्षित कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन वडाले विभिन्न गतिविधि गर्दै जाने बताउनु भयो ।  कार्यक्रममा विजयीहरुलाई नगद र प्रमाणपत्र एवं सहभागीहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा बेथानचोक गाउँपालिकाका प्रशासकीय अधिकृत विश्वनाथ दाहाल, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न महिला समूहका प्रदाधिकारीहरु, वडा नं. १ भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, दलीय प्रतिनिधी, शिक्षक विद्यार्थीहरु तथा स्थानीयको बाक्लोे उपस्थिति रहेको थियो । 


प्रतिक्रिया



थप समाचारहरु