बेथानचोक– काभ्रेको बेथानचोक गाउँपालिका –२ ढुंखर्कमा रहेको पार्वती बहुमुखी क्याम्पसले आफ्नो १२ औं वर्षिकोत्सव समारोह सम्पन्न गरेको छ ।
क्याम्पसले संस्थापकहरुका साथै पूर्व शिक्षकहरुलाई वार्षिकोत्सवको अवसरमा अभिनन्दन र सम्मानसमेत गरेको छ । बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थापक क्याम्पस प्रमुख गोविन्द प्रसाद शर्मा, संस्थापक अध्यक्ष भगवान घिमिरे, नि. अध्यक्ष परसु घिमिरे, नि.क्याम्पस प्रमुख प्रताप कार्कीलाई अभिनन्दन गरिएको थियो ।
यस्तै पूर्वशिक्षकहरु सन्तोष घिमिरे, सपना न्यौपाने र शुदर्शन पौडेललाई सम्मानित गरिएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राणा, नेपाल सरकारका सहसचिव नमराज घिमिरे, शिक्षाविद डा. बलराम तिमल्सिना, पुर्व उपसचिव अर्जुन बहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायतले संवोधन गरेका थिए ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विनोद तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख राजेश तिमल्सिनाले वार्षिक प्रतिवेदन, आगामी कार्यक्रम र भावी रणनीतिहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा यसै शैक्षिक सत्रमा क्याम्पसबाट स्नातक उपाधि हासिल गर्ने १३ जना विद्यार्थीलाई वधाई दिइएको थियो भने वार्षिकोत्सव समारोहको पुर्वसन्ध्यामा आयोजित अतिरिक्त क्रियकलाप कार्यक्रममा प्रथम, द्वितिय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई मेडल र पुरस्कार वितरण गरिएको थियो ।