मावि तहका लागि ४३५ शिक्षक माग


मेचीकाली

काठमाडौं–स्थायी शिक्षक बन्न चाहनेहरुका लागि खुशीको खबर छ–शिक्षा सेवा आयोगले नयाँ विज्ञापन गरेको छ ।

आयोगले आज पुस ८ गते गोरखापत्रमा सूचना प्रकाशन गरेर ४३५ शिक्षक माग गरेको हो । उक्त पदमा दरखास्त दिन चाहनेका लागि आजदेखि अनलाइन फारम भर्न सकिने व्यवस्था गर्ने आयोगले जनाएको छ । शिक्षकको विज्ञापन गत वर्ष जस्तै प्रदेशगत रुपमा माग गरिएको छ ।

 माध्यमिक शिक्षकमा दरखास्त दिन नेपाली, सामाजिक, अर्थशास्त्र र संस्कृत विषयमा आवदेन फारम भर्नेले सम्बन्धित विषयमा स्नातक उतीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिनाको तालिम लिएको हुनुपर्नेछ । तर अंग्रेजी, गणित, विज्ञान, कार्यालय सञ्चालन तथा लेखा र कम्प्युटर विज्ञानमा फारम भर्न चाहनेले भने शिक्षा विषयको तालिम नलिए पनि दरखास्त दिन सक्नेछन् । 

उक्त विज्ञापनमा माघ ८ गतेसम्म नियमित दस्तुर तिरेर फारम भर्न सकिने र त्यसपछि माघ १५ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने आयोगले आज एक सूचना प्रकाशन गरी जनाएको छ । शिक्षक सेवा आयोगले गत वर्ष ७१८ माध्यमिक शिक्षक माग गरेको थियो ।


प्रतिक्रिया



थप समाचारहरु