एमाले मण्डनदेउपुरका उम्मेदवारहरु घरदैलोमा व्यस्त


मेचीकाली

कुन्ताबेँशी– नेकपा एमालेको तर्फबाट मण्डनदेउपुर नगरपालिकाको नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा अन्य विविध पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । सोही क्रममा सोमबार मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ९ मा मोटरसाईकल ¥याली सहित मतदाता भेटघाट तथा घर दैलो अभियान कार्यक्रम सञ्चालन गरिएको छ । नगर प्रमुख पदमा उम्मेदवारी दिनुभएका विदुर प्रसाद सापकोटा, उपप्रमुखकी उम्मेदवारी सरिता ढकाल, वडा नम्बर ९ की वडा अध्यक्षकी उम्मेदवार अम्बिका हमाल ठकुरीलगायतका उम्मेदवारहरु घर दैलो कार्यक्रममा हिँड्नु् भएको हो । 

वडा नम्बर–९ को नर्वदापाटीबाट सु्रु भएको नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षलगायतका उम्मेवारसहितको मोटरसाईकल ¥याली कुन्ताबेँशी, हिंगुवापाटी, मैदान, जितारीपोखरी हुँदै रानीटारमा पु्गी कोण सभामा परिणत भएको थियो । सयौँ कार्यकर्तासहितको घरदैलो कार्यक्रममा वडा नम्बर ९ मैदानका गोविन्द भण्डारीले निर्वाचनको समयमा मात्रै नभई निर्वाचित भएर गएपछि पटक÷पटक गाउँमा आई नागरिकहरुसँग अन्र्तक्रिया गरी उनीहरुको समस्या समाधानमा ध्यान दिन प्रमुख पदका उम्मेवार सापकोटालाई आग्रह गर्नुभयो । उहाँले अघिल्लो स्थानीय निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधि पाँच वर्षसम्म गाउँको बाटो नहिँडेको, नागरिकको समस्या नबुझेको गुनासो गर्नुभयो । भण्डारीको गुनासोमा नगर प्रमुख पदका उम्मेदवार सापकोटाले आफुहरु निर्वाचित भएको खण्डमा समय समयमा नागरिकको घरदैलोमा गई उनीहरुको समस्याहरुको बारेमा  छलफल गर्ने प्रतिवद्धता जनाउनु भयो । 

घरदैलो कार्यक्रमपछि भएको कोण सभामा नगर प्रमुख पदका उम्मेदवार सापकोटाले आफुहरु निर्वाचित भएको खण्डमा अघिल्लो जनप्रतिनिधिको कार्यकालमा जस्तो भ्रष्ट्रचार, बेथिती हुन नदिने बताउँदै नगरपालिकाको हरेक काम पारदर्शी हुनुको साथै सुशासन कायम गर्ने काम गर्ने बताउनुभयो । उहाँले आफुहरुले महिलाहरुको आर्थिक सशक्तिकरणका लागि सीप विकासलगायतका काम गर्नुको साथै, बालबालिकालाई सैद्धान्तिक ज्ञानको साथै प्राविधिक सीप सिकाई रोजगार बनाउने अभियान सञ्चालन गर्ने बताउनुभयो । उहाँले नगरपालिकाले नगरभित्रका किसानहरुलाई वितरण गर्ने विरुवाका लागि आफ्नै नर्सरी स्थापना गरी बाहिर जाने रकमलाई नगरमा नै रोक्ने बताउनुभयो । उहाँले आफुहरुले पाँच वर्षमा कामको बारेमा प्रतिवद्धता जनाएको बताउँदै उक्त प्रतिवद्धतामा भएका योजनाहरुलाई पाँच वर्षभित्र सम्पन्न गर्ने बताउनुभयो ।

एमाले मण्डनदेउपुर नगरपालिकाका नगर कमिटी अध्यक्ष शेरबहादुर डोटेलले एमालेले नगरका १२ मध्ये ११ वटा वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेको बताउँदै मङ्गलबार वडा नम्बर ११ मा घरदैलो कार्यक्रम राखिएको बताउनुभयो । उहाँले नगरभित्र एमालेको पक्षमा जनमत बलियो रहेको दावी गर्दै एमालेको जित सुनिश्चित रहेको बताउनुभयो । उहाँले नगरका विभिन्न वडामा वडा अध्यक्षलगायतका पदमा उम्मेदवारी दिएका उम्मेदवारहरु पनि घरदैलो कार्यक्रममा व्यस्त रहेको बताउनुभयो ।  




प्रतिक्रिया



थप समाचारहरु