भकुण्डेबेशी पुगेर बाँस्कोटाले भने, ‘जहाँ एमाले छैन, त्यहाँ विकास छैन’


मेचीकाली

भकुण्डेबेशी–नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले समृद्ध नमोबुद्ध नगरको विकासका लागि एमाले नेतृत्वको स्थानीय सरकारको बिकल्प नभएको बताएका छन् । 

आज भकुण्डेबेशीमा आयोजित चुनावी सभामा संवोधन गर्दै बाँस्कोटाले एमालेका प्रतिनिधि शासक नभई सेवक बनेर आउने र विकास निर्माणको नेतृत्व गर्नेए बताए । ‘जहाँ एमाले छैन, त्यहाँ विकास छैन’ भन्दै बास्कोटाले राजन भुर्तेल नेतृत्वको एमालेको टिमले आगामी पचास बर्षको विकासको आधार तयार पार्ने बताए । ‘जवाफदेही सरकारको पक्षमा हुनुहुन्छ भने नेकपा एमालेलाई साथ दिनुस्’ बाँस्कोटाले भने, ‘नमोबुद्ध नगरको विकासका लागि राजन भुर्तेल, सम्झना लामा र एमालेले उठाएका वडाअध्यक्ष, वडा सदस्यहरु चाहिन्छ ।’

समृद्ध काभ्रे जिल्लाको योजना निर्माण समेत एमालेबाट नमोबुद्ध नगरपालिका प्रमुख पदका उम्मेदवार बनेका राजन भुर्तेलको सक्रियता र विज्ञताबाट सम्भव भएको बताउँदै उनले भुर्तेल नेतृत्वको समूहले जनतालाई धोका नदिने र बेइमानी पनि नगर्ने बताए । नेकपा एमालेसँग संकल्प, भिजन र जवाफदेहिता भएको भन्दै बाँस्कोटाले कांग्रेस र माओवादीमा आस्था राख्ने महिलाहरुले पनि एमालेलाई साथ दिनुपर्ने बताए । कांग्रेस र माओवादी लगायतको गठवन्धनले महिलाको अधिकार खोसेर टुहुरो बनाएको उनको भनाई थियो । ‘युग बदल्न तपाईं बदलिन जरुरी छ, तपाईं बदलिए नगर बदलिने छ’ बाँस्कोटाले भने, ‘ममाथि न्यायपूर्ण, विश्वासपूर्ण सम्वन्ध छ भने हाम्रा उम्मेदवारलाई साथ दिनुस् ।’

कार्यक्रममा नेकपा एमालेको तर्फबाट नमोबुद्ध नगरपालिका प्रमुख पदका उम्ेदवार राजन भुर्तेलले विगतका पाँच बर्षमा नेकपा एमालेकै नेतृत्वमा नमोबुद्धमा विकासको जग बसेको भन्दै अब फेरि एमालेको नेतृत्वले थप योजनासहित नमोबुद्ध नगरको विकास गर्ने बताए । आफूहरु जनतालाई झुटो आश्वासन बाँडेर नहिडेको भन्दै उनले विगतमा गरेका कामहरु आम मतदातालाई स्मरण गराइएको उनले बताए । जनताले एमालेमाथि विगतमा पनि विश्वास गरेको र अब पनि एमालेमाथि विश्वास गर्ने उनले बताए । नमोबुद्ध नगरपालिकाको स्थापनादेखि नै नमोबुद्ध नगरपालिकाको विकासका लागि एमालेले नेतृत्व गरेको उनले बताए । नमोबुद्ध नगरपालिकाको अवधारणा नै एमालेका नेताहरुले बनाएको उनले बताए । नगर चक्रपथ बनाउने, सबै नागरिकलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने, हरेक घरधुरीमा खानेपानीका धारा पुर्याउने, बहुप्राविधिक शिक्षालय स्थापना, महिला सशक्तिकरणका कार्यक्रम, सूचनाप्रविधि मैत्री नगर बनाउने, युवालाई सूचनाप्रविधिसँग जोडेर नयाँ कामसँग जोड्ने, बाँझो जमिनलाई सामूहिक र सहकारीकरणको माध्यमबाट कृषि क्षेत्रको विकासमार्फत आत्मनिर्भर नागरिक बनाउने लगायतका योजना सारेको भुर्तेलले बताए । 

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सदस्य एवं पूर्वमन्त्री रेशम लामा, संविधानसभा सदस्य रामहरि सुवेदी, प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री चन्द्र लामा, नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, नमोबुद्ध नगरपालिकाका उपमेयर पदका उम्मेदवार सम्झना लामा लगायतले एमालेकै नेतृत्वमा मात्रै विकास सम्भव भएको बताए । 

सभाअघि बृहत र्यालीसमेत निकालिएको थियो ।नौबिसे बाट भकुन्डे हुँदै बुचाकोट पुगि भकुन्डे फर्किएर र्‍याली सभामा परिणत भएको थियो ।



प्रतिक्रिया



थप समाचारहरु