नमोबुद्धमा २ दलले गरे उम्मेदवारी दर्ता


मेचीकाली

भकुण्डेबेशी-काभ्रेको नमोबुद्ध नगरपालिकामा आज राष्ट्रिय प्रजातन्त्र पार्टी र मंगोल नेशनल अर्गनाइजेशनले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाले नगर प्रमुख, उपप्रमुख, वडा नं. १ र वडा २ मा वडाध्यक्ष र २ जना वडा सदस्यको मनोनयन दर्ता गराएका छन्  भने मंगोल नेशनल अर्गनाइजेशनले वडा नं. ८ को अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको छ । 

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार पहिलो दिनमा उम्मेदवारी दर्ता गराउने पार्टी यी दुइ मात्र भएका छन् । नमोबुद्ध नगरपालिकाको निर्वाचन अधिकृत  विष्णुप्रसाद ज्ञावालीका अनुसार राप्रपाबाट प्रमुख पदमा नवराज सत्याल, उपप्रमुखमा प्रमिला मैनाली प्रसाई, १ नं. वडा अध्यक्षमा रहर सिं तामाङ, वडा सदस्यमा कृष्ण बहादुर भुजेल, तिर्थमान तामाङ र वडा नं. २ का अध्यक्ष पदमा अमेश हुमागाईले उम्मेदवारी दर्ता गराएका छन् । 

त्यसैगरी मंगोल नेशनल अर्गनाइजेशनबाट ८ नं. वडा अध्यक्षमा देवराज योञ्जनले उम्मेदवारी दर्ता गराएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु