एमाले बेथानचोकका उम्मेदवारको प्रतिवद्धता, 'सडकको ऋण मिनाहा गराउँछौं'


मेचीकाली

ढुङ्खर्क–स्थानीय तहको निर्वाचनमा काभ्रेको बेथानचोक गाउँपालिकाको तर्फबाट गाउँपालिकाको अध्यक्षलगायतका विभिन्न पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवारहरुले बिभिन्न बैक वा सहकारीमा आफनो जग्गाधनी प्रमाण पुर्जा धितो राखेर ऋण लिई मोटरबाटो निर्माण गरेका वडा नम्बर–१ च्याम्राङवेसीका उपभोक्ताहरूको ऋण मोचनका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । 

उनीहरुले आम बेथानचोकबासीको जीवनस्तरलाई माथि उठाउन दुरगामी सडक निर्माण प्रक्रियाको थालनी गर्ने र निर्माण भएका सडकको स्तरोन्नती गर्ने, पालिकाभित्र रहेका कृषि उत्पादन ओसारपसार गर्ने सडक बर्षात्को कारणले अबरुद्ध भएमा चौविस घण्टाभित्र सञ्चालनमा ल्याउने र प्रत्येक बस्तीलाई  सडक सञ्जालले जोड्ने प्रतिवद्धता जनाएका छन् । 

एमाले बेथानचोकका उम्मेदवारहरुले स्वास्थ्यको क्षेत्रमा पालिकाभित्र ५१ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, नागरिकको स्वास्थ्य बिमाका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गर्ने, ६० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, प्रत्येक वडाका स्वास्थ्य चौकीमा एउटा एम्बुलेन्स राख्ने, मुटु, कलेजो, मृगौला, क्यान्सर, मेरुदण्ड लगायत अन्य गम्भीर प्रकृतिका रोगीहरूलाई थप एक लाख उपचार खर्च प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । शिक्षाको क्षेत्रमा प्रत्येक सामुदायिक विद्यालयमा विषयगत शिक्षक दरबन्दीको ब्यवस्था गर्ने, गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षणका लागि दिवा खाजाको व्यवस्था गर्ने, माध्यमिक तहमा संस्कृत विषयलाई ऐच्छिक विषयका रुपमा राखिनुको साथै सम्पूर्ण माध्यमिक विद्यालयमा क्रमशः एक विद्यालय एक नर्सको व्यवस्था गरिने उल्लेख छ । 

एमालेका उम्मेदवारहरुले खानेपानी तथा सरसफाईको क्षेत्रमा पालिकामा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई स्वच्छ खानेपानी उपलव्ध गराउन एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिई सम्पन्न गर्ने, पालिकाभित्र रहेका सार्वजनिक स्थल तथा नदिको सरसफाईमा विशेष ध्यान दिने र पानीको स्रोत अभाव देखिएका ठाँउहरूमा आवश्यकताका आधारमा वर्षात्को पानी संकलन तथा उपयोगको नीति लिइनेछ साथै पानीका स्रोतहरूको सरसफाई, मर्मत र संरक्षण गर्ने प्रतिवद्धता जनाइएको छ । कृषि तथा पशुपंक्षीको क्षेत्रमा किसानहरूले उत्पादन गरेका कृषि उत्पादन तथा विउँ विजनको सुरक्षाका लागि गाउँपालिकाभित्र सित भण्डार (कोल्ड स्टोर) को स्थापनामा जोड दिने, बाँझो खेतीयोग्य जमिनको सदुपयोग गरी खेती गर्न चाहाने किसानलाई खेतीयोग्य जमिन सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउने र एक घर एक टनेलको वितरण गरी कृषि उत्पादनमा जोड दिइने छ साथै वास्तविक किसानलाई हेल्वर र सावेल उपलब्ध गर्ने उल्लेख छ । 

बेथाचोक गाउँपालिकामा एमालेका उम्मेदवारहरुले सूचना तथा सञ्चार, जलस्रोत तथा सिंचाईका पूर्वाधार, वन तथा वातारण, विद्युतीकरण तथा उर्जा, उद्योग, व्यवसाय, रोजगारी, सहकारीलगायतका विभिन्न क्षेत्रमा विभिन्न योजनामा काम गर्ने आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् । 






प्रतिक्रिया



थप समाचारहरु