काभ्रेमा प्रतिनिधिसभा उम्मेवारले ३३ लाखमात्रै खर्चिन पाउने


मेचीकाली

काभ्रे– आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काभ्रेमा प्रतिनिधिसभा उम्मेदवारले ३३ लाख रुपैयाँ भन्दा बढी खर्च गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै उम्मेदवारको निर्वाचन खर्च सीमा निर्धारण गरेको हो ।

 सो अनुसार प्रतिनिधिसभातर्फ काभ्रे क्षेत्र नंवर १ र काभ्रे क्षेत्र नंवर २ मा उम्मेदवारी दिनेले बढीमा ३३ लाख रुपैयाँ खर्च गर्न पाउने भएका हुन् । निर्वाचन आयोगले प्रतिनिधिसभा उम्मेदवारलाई विभिन्न क्षेत्रअनुसार सबैभन्दा बम २५ लाख र सबैभन्दा बढी ३३ लाख रुपैयाँ खर्चको सीमा निर्धारण गरेको छ । आयोगले मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरेको हो, जसअननुसार मतदाताको संख्यालाई ६० प्रतिशत भार मानिएको छ । मतदान केन्द्र संख्या र निर्वाचन क्षेत्रले आगटेको क्षेत्रलाई २०÷२० प्रतिशत भार मानिएको आयोगले जनाएको छ । 

प्रदेशसभातर्फका उम्मेदवारका लागि काभ्रेमै फरकफरक खर्च सीमा निर्धारण गरिएको छ । जसअनुसार काभ्रे क्षेत्र नं. २ को १ र २ मा प्रदेशसभाका उम्मेदवारले बढीमा १७ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । तर, काभ्रे क्षेत्र नंवर १ को १ र २ मा उठ्ने उम्मेदवारले भने यो भन्दा बढी अर्थात १९ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् ।  समानुपातिकको हकमा दलहरुले पेश गरेको बन्दसूचीमा सूचिकृत संख्याअनुसार प्रति उमम्मेदवार २ लाख खर्च गर्न पाइनेछ । प्रदेशसभाका समानुपातिक उम्मेदवारहरुको हकमा १ लाख ५० हजार चुनाव खर्च निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।


प्रतिक्रिया



थप समाचारहरु