ओहो ‘चुनावी जात्रा !’ हिजो टिका लगाएर एउटा पार्टी प्रवेश, आजै घरफिर्ती


मेचीकाली

बनेपा–आम निर्वाचन नजिकिँदै गर्दा काभ्रेमा चुनावी सरगर्मी बढ्दै गर्दा उदेकलाग्दा दृश्यसमेत देखिन थालेका छन् ।

चुनावको मुखमा एउटा पार्टी छाडेर अर्को पार्टी प्रवेश गर्ने चलन अहिलेमात्र होइन विगतदेखि नै चल्दै आएको छ । तर, यसपटक भने अलि फरक दृश्यसमेत देखिएको छ । हिजो एउटा पार्टी छाडेर अर्को पार्टीमा प्रवेश गरेको मान्छे २४ घण्टामै पुरानै पार्टीमा फर्केको खबरले अहिले सामाजिक सञ्जालका भित्ता भरिन थालेका छन् ।

खबर कांग्रेस त्यागेर एमाले प्रवेश गरेको चौबिस घण्टा नबित्दै फेरि कांग्रेस फर्केकी ज्ञानु काफ्लेको हो । काफ्ले हिजो बिहीबारमात्रै नेपाली कांग्रेस छाडेर नेकपा एमाले प्रवेश गरेकी थिइन् । आजै उनले आफू नेपाली कांग्रेसमै अर्थात आफ्नै घरमा रहेको बताउँदै एक दिनमै एमाले छाडेकी छन् ।

काफ्ले नेपाली कांग्रेस निकट महिला सघंकी जिल्ला सचिव थिइन् । बिहीबार काफ्लेलाई नेकपा एमाले पोलिट्ब्युरो सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाले एमालेको सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए । काफ्ले नेपाली कांग्रेस छाडेर नेकपा एमाले प्रवेश गरेपछि हिजोदेखि नै कांग्रेसका कार्यकर्ताहरुले उनको आलोचनामा सामाजिक सञ्जाल रंग्याएका थिए । आज उनले फेसबुकमा लेखेकी छन्, ‘म मेरै घर मा छु,नेपाली काङ्ग्रेस लोकतन्त्र प्रती मेरो आस्था निरन्तर छ र यथावत रहन्छ।जय नेपाल!!!!’

नेपाली कांग्रेसका नेता कार्यकर्तासहितको फोटो शेयर गर्दै उनले फेसबुकमा स्ट्याटस लेखेपछि स्वागत गर्दै कांग्रेस कार्यकर्ताहरुले सामाजिक सञ्जालमा खुशीयाली मनाइरहेका छन् । 



प्रतिक्रिया



थप समाचारहरु