स्थानीय चुनाव : ७०१ मध्ये काभ्रेमा कुन दलले कति पद जिते ?


मेचीकाली

बनेपा–स्थानीय तह निर्वाचन २०७९ मा काभ्रेमा ७०१ पदमध्ये ७०० पदमा जनप्रतिनिधि निर्वाचित भएका छन् । एकजना दलित महिला सदस्यमध्ये सबै पदमा जनप्रतिनिधि निर्वाचित भएका हुन् ।

काभ्रेका १३ वटा पालिकामा कुल १३५ वटा वडा रहेका छन् । यी वडामा वडाअध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुईजना सदस्यका दरले कुल ६ सय ७५ पद रहेको छ । यस्तै १३ पालिकामा प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष गरी २६ पद रहेको छ । 

कुल ७०१ मध्ये जिल्लामा पाँच दलीय गठवन्धनका नेतृत्व गरेको नेपाली कांग्रेसबाट ३ सय १४ जना निर्वाचित भएका छन् । यस्तै नेकपा एमालेबाट २ सय ४५, नेकपा माओवादी केन्द्रबाट १ सय १२ जना निर्वाचित हुँदा नेकपा एसबाट २१, ७ जना स्वतन्त्र र राप्रपाबाट एक जना वडा अध्यक्ष निर्वाचित भएका छन् । 

जिल्लामा मतको आधारमा नेकपा एमाले पहिलो स्थानमा रहे पनि पद संख्याको आधारमा कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी तेस्रो र नेकपा एस चौंथो स्थानमा रहेका छन् । 

हेर्नुहोस् पुरा तथ्यांक




प्रतिक्रिया



थप समाचारहरु