हेर्नुस् काभ्रेका ४१ ‘डमी’ उम्मेदवार, जसले आफैंलाई भोट हालेनन्


मेचीकाली

काभ्रे– स्थानीय तह निर्वाचन अन्र्तगत काभ्रेमा एकचालीस जना डमी (नक्क्ली) उम्मेदवारीले आफुले आफै मतदान नगरेको पाइएको छ । 

निर्वाचनको समयमा बाहिर पार्टीको विरुद्धमा उम्मेदवारी दिएको जस्तो देखाउन, निर्वाचनको समयमा आवश्यक हुने सवारी पास, मतदान स्थलमा आफ्नो पार्टी तथा निकटको व्यक्ति एजेन्ट राख्नेलगायतका गतिविधि गर्नको लागि नक्कली उम्मेदवार खडा गरिएको हो । यस पटकको जिल्लाका १३ स्थानीय तहमध्ये ११ स्थानीय तहमा स्वतन्त्र तथा विभिन्न पार्टीले डमी उम्मेदवार खडा गरी उम्मेदवारी दिएका थिए । 

जसमा ४१ उम्मेदवार रहेको र उनीहरुले आफैले समेत आफुलाई भोट हालेका थिएनन् । यस पटकको स्थानीय निर्वाचनमा खानीखोला गाउँपालिकामा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार पावल थिङ, उपाध्यक्ष पदका उम्मेदवार मान बहादुर सिङ्तान, वडा नम्बर २ अध्यक्ष पदका उम्मेदवार राजकुमार गोले, हिराकाजी गोले, वडा नम्बर २ अध्यक्षका उम्मेदवार सुरेन्द्र बहादुर थिङ, डम्बर बहादुर लुङ्गेली मगर, वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार टेक प्रसाद आचार्य, वडा नम्बर ६ का अध्यक्ष उम्मेदवार चन्द्रबहादुर थोक्कर, सदस्य बखत बहादुर थिङले आफैलाई मतदान नगरेका हुन् ।

 यसैगरि जिल्लाको चौरीदेउराली गाउँपालिकाको वडा नम्बर ३ का अध्यक्षका उम्मेदवार ङेमा गेञ्जेन लामा, वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार खड्ग बहादुर गौतम, वडा नम्बर ६ का अध्यक्षका उम्मेवार प्रदिप कुमार गौतम, ७ का जलपसिं लामा र दुई सदस्यका उम्मेदवार गरी छ जनाले आफैलाई मतदान नगरी शुन्य मतमा चित्त बुझाउनु परेको हो । यस्तै तेमााल गाउँपालिकाका वडा नम्बर ३ मा नेकपा एकिकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार रेशम बहादुर तामाङ, महिला सदस्य कान्छी तामाङ वडा नम्बर ८ को सदस्य पदका उम्मेदवार पेमा लामा, तेजकुमारी राय र किरण तामाङ गरी कुल पाँच जनाले आफैलाई मतदान गरेनन् । 

धुलिखेल नगरपालिका वडा नम्बर ६ का अध्यक्षका उम्मेदवार दिलिप कुमार ठकुरी, वडा नम्बर २ महिला सदस्यका उम्मेदवार रविना लामा गरी दुई जनाले समेत आफैलाई मतदान नगरेको पाइएको छ । नमोबुद्ध नगरपालिकामा वडा नम्बर ३ मा सदस्यका उम्मेदवार सम्शेर बहादुर रम्तेल, पनौती नगरपालिकाको वडा नम्बर ७ का अध्यक्षका स्वतन्त्र उम्मेदवार कृष्णधन कर्माचार्य, सदस्य महेन्द्र सुधाकरले पनि आफैलाई समेत मतदान नगरेको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । जिल्लाको पाँचखाल नगरपालिकामा वडा नम्बर ४ का अध्यक्षका उम्मेदवार पार्वती विक, वडा नम्बर १३ का बिरास लामा, दलित महिला सदस्य कविता सार्की, कालिबहादुर परियार गरी चार जनाले आफैलाई मतदान गरेनन् ।

बनेपा नगरपालिकाको नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका कृष्ण बहादुर श्रेष्ठ, एकिकृत समाजवादीबाट महिला सदस्य श्रृजना दाहाल, दलित महिला सदस्य कविता दमाई र सदस्य पदका लालबहादुर लामा गरी चार जनाले शुन्य मत पाएका छन् । मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष उम्मेदवार रामशरण राई, दलित सदस्य राजेश राई, महिला सदस्य देउकी माया तामाङ, सूर्यमाया श्रेष्ठ, सदस्य विष्णु राई, अर्जुन ठकुरीले समेत कुनै मत पाएनन् । त्यस्तै जिल्लाको रोशी गाउँपालिकाको वडा नम्बर ५ का अध्यक्षका स्वतन्त्र उम्मेदवार लनाम लामा, वडा नम्बर ७ का अध्यक्षका स्वतन्त्र उम्मेदवार विनोद लामाले समेत आफैलाई मतदान गरेनन् ।

यस पटकको स्थानीय निर्वाचनमा शुन्य मत पाउनेमा स्वतन्त्र उम्मेदवार २० जना, नेकपा एसका १३ जना, माओवादी केन्द्रका चार, सामाजिक एकता पार्टी, नेपाली काँग्रेस, नेपालका लागि नेपाली पार्टी र राप्रपाका एक÷एक उम्मेदवारले आफैलाई मतदान नगरेको पाइएको छ । 

प्रतिक्रिया



थप समाचारहरु