नमोबुद्धमा एमालेको लहर, अन्य दल छाडेर एमाले आउने बढे


मेचीकाली

भकुण्डेबेशी–स्थानीय चुनावको प्रचारप्रसारका लागि उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरिरहँदा नमोबुद्ध नगरपालिकामा नेकपा एमालेप्रतिको आकर्षण बढ्दै गएको छ । 

नेकपा एमालेका तर्फबाट नमोबुद्ध नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार राजन भुर्तेल, उपप्रमुख पदका उम्मेदवार सम्झना लामासहित ११ वटै वडाका उम्मेदवारहरु निरन्तर घरदैलो अभियानमा सक्रिय छन् । घरदैलो अभियानको क्रममा जनताको उत्साहपुर्ण सहभागिता देखिएको एमाले नमोबुद्ध नगर कमिटी इन्चार्ज पवित्रा भुर्तेलले जानकारी दिएकी छन् । नमोबुद्ध नगरपालिकामा हालसम्म एमाले उम्मेदवारहरुले वडा नं. १, २, ३, ४, ७, ८, ९, १० र ११ वडामा घरदैलो अभियान सम्पन्न गरिसकेका छन् । वडा नं. ५ र ६ मा घरदैलो अभियान बाँकी रहेको छ । यद्यपि सबै वडामा स्थानीयस्तरमा घरदैलो कार्यक्रम र चुनावी प्रचार अभियान चलिरहेको छ । 

नेकपा एमालेकै नेतृत्वमा नमोबुद्ध नगरपालिकामा विगतको पाँच बर्षमा समृद्धिको जग निर्माण भएको छ । अब पनि एमालेकै नेतृत्वमा समृद्धिका पाइला अघि बढ्ने विश्वास स्थानीयबासीले गरेका छन् । घरदैलोको क्रममा नगर प्रमुख पदका उम्मेदवार राजन भुर्तेलले जनताको आवश्यकताका आधारमा नगरको विकास गर्ने बताउँदै गाउँबस्तीका जनताको हासो र खुशी पहिलो प्राथमिकताको कुरा भएको बताए । नमोबुद्धमा नेकपा एमालेविरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी गठवन्धन गरेका छन् । गठवन्धनले महिलाको अस्तित्व स्वीकार नगरेकोमा नमोबुद्धबासी आक्रोशित देखिएका छन् । 

नमोबुद्ध नगरपालिकामा नेकपा एमालेको घरदैलोको क्रममा एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रेशम लामा, प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्वमन्त्री चन्द्र लामा, प्रदेशसभा सदस्य गोमा भुर्तेल लगायतका नेताहरु पनि निरन्तर क्रियाशिल छन् । घरदैलो कार्यक्रमका अलावा नगरपालिकामा युवा विद्यार्थीहरु, शिक्षक लगायतको भेला तथा अन्य प्रचारात्मक कार्यक्रमहरु निरन्तर भइरहेको नगर इन्चार्ज पवित्रा भुर्तेलको भनाई छ । 


अन्य दल छाडेर एमाले आउने पनि बढे

एमालेको नेतृत्वमा मात्रै नगरको समग्र विकास सम्भव छ र एमालेबाटै समृद्ध नमोबुद्धको सपना साकार हने विश्वासका साथ अन्य राजनीतिक दल छाडेर एमालेमा प्रवेश गर्नेहरुको संख्या पनि पछिल्ला दिनमा बढिरहेको छ । आज शनिबारमात्रै नमोबुद्ध नगरपालिका वडा नं. २ का युवा नेता अच्युतप्रसाद हुमागाईं नेपाली कांग्रेस छाडेर नेकपा एमालेमा प्रवेश गरेका छन् । यसअघि नमोबुद्ध नगरपालिका वडा नं. ४ का माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष बाबु लामासहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । घरदैलोकै क्रममा नगरपालिकामा विभिन्न दल छाडेर सयौं व्यक्ति एमालेमा प्रवेश गरिसकेका छन् ।  



प्रतिक्रिया



थप समाचारहरु