नमोबुद्ध १ का एमाले उम्मेदवार पाण्डेको योजना, ‘सुन्दर बनाउनेछु मेरो वडा’


मेचीकाली

नमोबुद्ध–निरोज पाण्डे काभ्रेली विद्यार्थी आन्दोलनमा नौलो नाम होइन । निरन्तर विद्यार्थी राजनीति र आन्दोलनमा क्रियाशिल पाण्डे गत पुसमा सम्पन्न नेकपा एमाले काभ्रेको जिल्ला अधिवेशनमा लोकप्रिय मतसहित जिल्ला कमिटी सदस्यमा निर्वाचित भए ।

अहिले तीनै युवा नेता पाण्डे आफ्नो गाउँ आफैं बनाऔं भन्ने नारासहित गाउँ बनाउने अभियानमा क्रियाशिल छन् र त्यसका लागि नेकपा एमालेबाट नमोबुद्ध नगरपालिका वडा नं. १ मा वडा अध्यक्ष पदको उम्मेदवार बनेका छन् । नमोबुद्ध नगरपालिका वडा नं. १ ऐतिहासिक क्षेत्र हो । मथुरापाटीदेखि श्यामपार्टी नमोबुद्ध क्षेत्रको कतिपय भागसम्म समेटिएको यो वडामा विकासका नमुनायोग्य काम गर्ने अठोट लिएका छन् पाण्डेले । पाण्डे दुई दशकदेखि राजनीतिमा क्रियाशिल छन् । युवा विद्यार्थीमाझ लोकप्रिय स्थान हासिल गरेर राजनीतिमा स्थापित भएका पाण्डे अब विकास निर्माणमा युवाले नेतृत्व गर्ने र अग्रजहरुको अनुभव र साथ लिएर समृद्धिको समवनालाई पुरा गर्ने समय आएको बताउँछन् । 

वडाको विकासका लागि स्थानीयले युवा नेतृत्व खोजेको र सोहीअनुसार आफू वडाको विकासका लागि उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएको पाण्डेले बताए ।

कस्ता छन् त पाण्डेका योजना ?

युवा नेता पाण्डेले सडक, खानेपानी देखि सुन्दर वडा बनाउन सडक बत्ती र सडकको दायाँबायाँ फुलबारीको समेत अवधारणा अघि सारेका छन् । उनले वडाको समग्र विकासका लागि सारेका योजना यस्ता छन् :

१. वि.पि राजमार्ग देखि थपलिया चोक सम्मको बाटो पिच गर्ने । 

२. गहते देखि लाकुरी भन्ज्याङ्गसम्म जोडने बाटो स्तर उन्नती गर्ने । 

३. धोविधारा पार्क, टासि छोइलिङ गुम्मा निर्माण तथा मथुरापाटी सहिद पार्क संगै चौतारा निमार्ण । 

४.फूलबारी देखि मथुरापाटी र नमोबुद्ध देखि श्यामपाटी सम्म सडक लाइट तथा रोड साइड प्लानटेशन । 

५. सातपत्रे सत्याल कुलाइन थानमा  र आचार्य गाँउ देखि पुरानो धारा सम्म सिढि निर्माण । 

६. धारापानी बधेली, गहते बन, सितापाइला र बधेलीपाखामा पिकनिक स्पट निर्माण ।

७. कात्तिके खानेपानी आयोजनाको पूर्णता र सिढि निर्माण । 

८. छोयलिङ गुम्बा खानेपानी लिफ्टिङ । 

९. नर्चलडाडा, पाण्डे गाउँ, आचार्य गाँउ , फलाटेधारा र थापा गाउँ जाने बाटो स्तर उन्नती गर्ने । 

१०. माख्लोचौर डिलमुनी नयाँ मोटरबाटोको निर्माण । 

११. सिमलचौर देखि खानेपानी मुहान सम्म कृषि सडक निर्माण । 

१२. मथुरापाटी र श्यामपाटीमा खेल मैदान तथा बुटिक पार्क निर्माण । 

१३. श्यामपाटी सिवालय मन्दिर निर्माण ।

१४. गोदारगाँउ देखि बाह्र मुरे सम्म र श्यामपाटी देखि लकाइने सम्मको सडकको नयाँ ट्रयाक खोल्ने । 

१५. मथुरापाटी–श्यामपाटी– कालिका मन्दिर–सिता पाइला–नमोबुद्ध सम्म पर्यटन मैत्री पदमार्ग निर्माण ।


प्रतिक्रिया



थप समाचारहरु