पाँचखालमा जुन काम गएको पाँच बर्षमा भएनन्, अब हुनेछन्


मेचीकाली

पाँचखाल–पाँचखाल नगरपालिकामा विगतका पाँच बर्षमा न चुनावी प्रतिवद्धताअनुसार काम भए, न जनताका केही अपेक्षा पुरा भए । नगरमा  प्राप्त श्रोतलाई साविकका सडक सुधार लगायतका योजनामा वितरण गरियो भने पाँचखाल शहर कृषि नगर भनियो तर, कृषिलाई ब्यवसायिकरण गर्ने कुनै योजना कार्यक्रम बनेनन् । 

शिक्षाको केन्द्रविन्दु बन्न सक्ने पाँचखालमा शिक्षा क्षेत्र सुधार गर्ने कुनै कार्यक्रम नै आउन सकेनन् । ५ वर्षमा नगर शिक्षा समिति समेत बन्न सकेन । नगरका स्वास्थ्यकेन्द्रहरु सुधार गरी सर्वधासाधारणको उपचार गर्न भरपर्दा उपचार केन्द्र बन्नु पर्ने तर त्यसतर्पm कुनै ध्यान दिइएन र नीजि क्लिनिक फस्टाए सरकारी स्वास्थ्य उपचार केन्द्र निस्क्रिय जस्ता बने । यस्तै  शहरी विकासको योजना बनाई ब्यवस्थित शहर बनाउनुपर्नेमा शहरी विकास योजना नै बनाएनन् र अव्यवस्थित शहर बन्ने खतरा बढ्दै गयो  । विगतका बर्षमा जनताको आर्थिक अवस्था सुधार गर्ने नीति योजना अर्थात आर्थिक विकासका योजना बनेनन् । 

महिला, बालबालिकालाई शसक्त बनाई उनिहरुको क्षमता बढाई रोजगारी सिर्जना गर्नुपर्ने, सो गरिएन भने नगरपालिकाको आन्तरिक आय बढाउने कुनै योजना कार्यक्रम बनेनन् । समग्रमा भन्नुपर्दा प्राप्त श्रोत साधनको वितरण नियमित कार्यक्रमहरु गरियो तथा योजनाबद्ध विकासका कार्य थालनी भएनन् । 

नेकपा एमाले पाँचखालले विगतका पाँच बर्षमा नगरमा हुन नसकेका कामलाई मध्येजनर गर्दै समृद्ध र समुन्नत पाँचखालका लागि विभिन्न योजना लिएर आएको छ । 

जसमा यी योजनाहरु मुख्यरुपमा समावेश छन्

– मुख्य शहरहरु ब्यवस्थित बसोबासको लागि शहरी÷नगर विकास योजना बनाई लागू गरिनेछ र पाँचखाल नगरलाई ब्यवस्थित शहर बनाइनेछ ।

पाँचखालका कृषकको आय बृद्धि गर्न कृषि क्षेत्रलाई ब्यवासायीकरण गरिनेछ ।

उत्पादित तरकारीबाली विक्रिको लागि बजारको प्रबन्ध गरिनेछ ।

सरकारी विद्यालयहरुको गुणस्तर सुधार गरी गुणस्तरीय विद्यालय बनाइनेछ । 

सरकारी स्वास्थ्य संस्थाहरुलाई सुधार गरी सर्वसाधारणको लागि भरपर्दा उपचारकेन्द्र बनाइनेछ ।

महिला तथा बालबालिकाका क्षमता विकास कार्यक्रम संचालन गरिनेछ । बेरोजगार महिलालाई स्वरोजगार बनाइनेछ । 

शहरी विकास योजना लागु गरी पाँचखाललाई ब्यवस्थित शहर बनाइनेछ ।

जनतालाई धनी बनाउन कृषि पशुपंक्षि र उद्योग ब्यवसायलाई प्रवद्र्धन गर्ने गरी आर्थिक विकासका योजना संचालन गरिनेछ । 

आम्दानी बढाई आत्मनिर्भर नगर बनाउने कार्यक्रम थालिनेछ ।


प्रतिक्रिया



थप समाचारहरु