मौन अवधीमा मान्छे भेला गरेर भोट माग्दै कांग्रेस जिल्ला सभापति तिर्थ लामा


मेचीकाली

रोशी–नेपाली कांग्रेसका जिल्ला सभापति तिर्थ लामाले मौन अवधीमा निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै भोट मागिरहेको पाइएको छ । 

आज बिहान रोशी गाउँपालिका वडा नं. ६ सिपालीमा लामाले ४०–५० जना जनतालाई भेला गराएर गठवन्धनको पक्षमा मत मागेको तस्वीर सार्वजनिक भएको छ । अस्ति मंगलबार राती १२ बजेदेखि मौन अवधी सुरु भएको छ । यो समयमा चुनावी प्रचारप्रसारका कुनै पनि काम गर्न पाइँदैन भने भेला लगायतका कुनै पनि कार्यक्रम गर्न पाइँदैन । 

तर आज बिहानैदेखि कांग्रेसका जिल्ला सभापति लामा मत माग्दै भेला र छलफलमा व्यस्त छन् । रोशीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठवन्धनले यसअघि नै आचारसंहिताको उल्लंघन गर्दै चुनावी प्रचार गरेका थिए । अहिले जिल्ला सभापति लामा आफ्नो समूहसहित गठवन्धनको पक्षमा भोट माग्न लागेपछि अन्य दलका उम्मेदवारहरुले आपत्ति प्रकट गरेका छन् । लामाले जम्मा पारेका सर्वसाधारणलाई चिसो खुवाउँदै छलफल गरिरहेको तस्वीर सार्वजनिक भएको छ । 


पैसा बाँड्न गएको गाडीको हावा खुस्काइयो

गएराती रोशी गाउँपालिका ९ मा मतदातालाई प्रलोभनमा पार्न पैसा बाँड्न हिँडेका कांग्रेस कार्यकर्ताको गाडीको हावा स्थानीयबासीले खुस्काइदिएका छन् । मौन अवधी सुरु भएपछि रोशीमा मतदातालाई प्रलोभनमा पार्न अनेक प्रयत्न कांग्रेस र माओवादीले गरिरहेका छन् । प्रलोभनमा नपर्नेलाई धम्क्याउन समेत सुरु भएको स्थानीयबासीले बताएका छन् । 



प्रतिक्रिया



थप समाचारहरु