सिन्धुपाल्चोक १ मा गठबन्धन कमजोर बन्दै


मेचीकाली

सिन्धुपाल्चोक-चीनसंगको सबै भन्दा पुरानो र चर्चित नाका रहेको तातोपानी बीरगंजकै हाराहरीमा ब्यापारिक आकर्षण थियो । खासा व्यापारीहरु अहिले केरुङ् नाका तर्फ सिफ्ट भएर पनि पलाएन हुदैछन । गठबन्धन सरकारको एक बर्ष सिन्धुपाल्चोकका ब्यापारीहरुको निम्ति पुरै निराजनक रहेको छ । भुकम्पबाट तहसनहस भएको व्यापार एम सि सि पारित भए पछि शून्य मै झर्यो । यसबाट ठूलो लगानी डुबेको र कतिपय समुन्द्रको बाटो तर्फ सिफ्ट भएका छन । नेपाल भित्र्याउन भन्सार ल्याईएका स्याउहरु बाटोमै कुहिएकोले ब्यापारीहरु गठबन्धन सरकारसंग आक्रोसित छन । 

आफुहरु राष्ट्रिय अन्तराष्ट्रिय तहको नेता हौ भनेर टिकट झगडामा कुस्ति खेलिरहेका सभामुख अग्नि सापकोटा र मोहन बहादुर बस्नेतले ब्यापारीहरुको समस्या तर्फ कुनै ध्यान नदिएको र चुनावमा दुहुनो गाई बनाएको भन्दै आउदो चुनावमा गठबन्धनलाई पराजित गर्ने उद्घोष दोहोर्याएका छन । यी दुई पार्टीका नेताहरुको " पधेरे झगडा " ले जिल्लाका राजनीतिक कार्यकर्ताहरु पनि गठबन्धन अभिसाप बन्दै गएको टिप्पणी गर्न थालेका छन । 

जिल्लाको हाईड्रोपावर प्रोजेक्टका लगानी कर्ताहरु पनि गठबन्धन सरकार आए पछि अर्थतन्त्र संकट तर्फ धकेलिदै गएकोमा चिन्तित छन । स्वीकृत लोन पनि पैसा छैन भनेर बैकले दिन मानिरहे छैन भन्छन उनीहरु । महंगी बढेर निर्माण ब्याबसायीहरु काम छोडेर भाग्नु पर्ने अवस्था छ । बिकासका कामहरु पनि ठप्प छन ।  दशै तिहार छट आदि चाडहरु भित्रिन लाग्यो, न बाहिरबाट सामान ल्याउन सकिन्छ न बर्षादले भत्काएका बाटाघाटा नै खुलेका छन । 

सेयर बजार ओरालो लागेकै कारण पुँजि बजारमा संकट बढ्दो छ । सरकारी मान्छेहरु घुस नखाई केही गर्दैनन् । यसको सिधा मार ब्यापारीहरुलाई नै परेको छ । एमालेको सरकारको सरकारसंग त कुराकानी हुन्थ्यो, अपठ्यारा फुकाउन सहजीकरण गरिन्थ्यो । तर अहिलेको गठबन्धनका नेताहरु मन्त्रि भेट्टाउन पनि चुनावी खर्चको बार्गेनिङ्ममा उत्रन्छन । यस्ता पार्टीहरुलाई सहयोग गर्न अब नसक्ने उनीहरुको भनाई छ । तिनै पार्टीका आउरेबाउरेले ब्यापारिक संगठन कब्जा गरेको कारण आज अधिकांस ब्यापारीको लगानी डुबेको उनीहरुको ठम्याई छ । सिन्धुपाल्चोकमा गठबन्धन बिरुद्व ब्यापारीहरुको मोर्चाबन्दी नै हुने अवस्था बढ्दै गए पछि कांग्रेस माओबादी  अत्तालिन थालेका छन ।


प्रतिक्रिया



थप समाचारहरु