काभ्रेमा ६७ जनाको उम्मेदवारी दर्ता


मेचीकाली

काभ्रे–काभ्रेपलाञ्चोक जिल्लामा मसिंर ४ गते हुने निर्वाचनका लागि दल र स्वतन्त्र गरी ६७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभा १ मा ३७ जना र प्रतिनिधि सभा २ मा ३० जनाले उम्मेदवारी दिएका छन् । 

प्रतिनिधि सभा १ मा १८ जना, सोहि क्षेत्रको क मा १० जना र ख मा ९ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभा २ मा संघ तर्फ १६ जनाले मनोनयन दर्ता गराएका छन् भने प्रदेश क मा ६ जना र ख मा ८ जनाको उम्मेदवारी दर्ता भएको छ । सोहि प्रदेशमा ३० जना उम्मेदवार भएका छन् । उम्मेदवार मध्ये प्रतिनिधि सभामा ५ जना स्वतन्त्र ब्यक्तिको उम्मेदवारी दर्ता भएको छ । ११ वटा पार्टीले उम्मेदवारी मनोनयन गराएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेहरुमा मनोज पण्डित, स्वयम्भुराज शाक्य, बोधनाथ न्यौपाने, शेषराज न्यौपाने र कृष्ण खत्री छन् । प्रदेश क मा कसैले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएन । प्रदेश क तर्फ एमालेका कुमारप्रसाद खकुरेल, नेमकिपाका सुर्यलाल तामाङ, हाम्रो नेपाल पार्टीका ताराबहादुर कुँवर, मंगोल नेशनल पार्टीका मुस्कान लामा, एकिृत समाजबादीका लक्ष्मण लम्साल र राप्रपाका रञ्जिव श्रेष्ठ रहेका छन् । 

प्रदेश ख मा एमालेका कुमार थापा, नेमकिपाका मुना तामाङ, मंगोल नेशनल पार्टीका सुकमान तामाङ, नेपाली काँग्रेसका कञ्चनचन्द्र बादे, नेकपा मालेका दानबहादुर थापा, जसपाका विरबहादुर तामाङ, नेकपा समाजबादीका बसुन्धरा हुमागाई र राप्रपाका रामकृष्ण लामा तामाङले उम्मेदवारी दिएका छन् । गठवन्धनको तर्फबाट उम्मेदवारी नपाए पछि नेकपा समाजबादीका जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईले उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा एमालेको तर्फबाट पुर्व राज्य मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य रेशम लामाले मनोनयन दर्ता गराएका छन् । गठवन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता पुर्व राज्य मन्त्री सुर्यमान दोङको मनोनयन दर्ता भएको छ । प्रदेश सभा तर्फ क मा एमालेका दिलिप तामाङ र ख मा एमालेका चन्द्र लामाको मनोनयन दर्ता भएको छ । चन्द्र यस अघि पनि सोहि प्रदेशबाट विजयी भई मन्त्री समेत भईसकेका छन् । गठवन्धनको तर्फबाट माओवादीका रत्न ढकाल क प्रदेश र ख प्रदेशमा नेपाली काँग्रेसका जिल्ला सभापति तिर्थ लामाको मनोनयन दर्ता भएको छ ।


प्रतिक्रिया



थप समाचारहरु