आर्थिक पारदर्शिता नै मेरो मुख्य एजेण्डा हो : बिदुर सापकोटा


मेचीकाली

-विदुरप्रसाद सापकोटा

नगर प्रमुख पदका उम्मेदवार, मण्डनदेउपुर नगरपालिका 

वि.सं. २०२३ सालमा काभ्रेपलाञ्चोक जिल्लाको साविकको जैसिथोक गाउँ विकास समिति–४ मा जन्मिनु भएका विदुर प्रसाद सापकोटा काभ्रेली राजनीतिमा सालिन र भद्र व्यक्तित्वको रुपमा परिचय बनाउन सफल हुनु भएको छ । एसएलसीसम्म अध्ययन गर्नुभएका सापकोटा विभिन्न समयमा विभिन्न सङ्घसंस्थामा आवद्ध भएर समाज परिवर्तन र नागरिकको पक्षमा काम गर्दै आउनु भएको छ । २०४३ सालदेखि राजनीतिमा लाग्नु भएका सापकोटाले २०५४ सालमा स्थायी शिक्षकको जागिरबाट राजिनामा गरी तत्कालिन जैसिथोक गाविसको अध्यक्षमा निर्वाचित भई जनताको सेवा गर्नुभएको थियो । 

स्थानीय तह निर्वाचन २०७९ मा मण्डनदेउपुर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिनु भएका सापकोटा नेकपा एमालेको क्षेत्रीय कमिटि सदस्य, क्षेत्रीय कमिटी सचिव ,अध्यक्ष, जिल्ला सदस्य, निर्वाचन क्षेत्रको सह–इन्चार्ज, इन्चार्ज र हाल एमाले जिल्ला पार्टी कमिटिको सचिवालय सदस्य रहनु भएको छ । स्थानीय तह निर्वाचनको सन्दर्भमा मण्डनदेउपुरको विकासको लागि सापकोटासँग भएका विकास योजना के छ ? प्रस्तुत छ सापकोटासँग गरिएको कुराकानीको सार संक्षेप ः 

अहिले गठबन्धनसँग चुनाव लड्दै हुनुहुन्छ ? कस्तो अनुभव भएको छ ? 

स्थानीय सरकार जनतासँग प्रत्यक्ष सम्बन्धित सरकार हो । यसले नीति निर्माण गरी जनतामा कार्यन्वयनमा लैजान्छ । पहिला म एक्लै र गठबन्धनसँग चुनावमा लड्दा फरक अनुभूति फरक अनुभूति केही पाएको छैन । हामी विरुद्ध चुनावमा प्रतिस्पर्धा गर्न केन्द्र्रिय नेताले गठबन्धन गरेका छन् तर जनता गठबन्धनको पक्षमा छैनन् । गठबन्धनका नेता एकातिर हुनुहुन्छ म सबै दल र जनताको साझा उम्मेदवारको रुपमा रहेको छु । म जनताको पक्षमा पाँच वर्ष काम गर्न चाहन्छु । म सँग प्रतिस्पर्धा गर्ने उम्मेदवार एक पटक जनतामा परिक्षण भइसकेको हुनुहुन्छ, म गाविस अध्यक्ष भएर कामहरु उपभोत्ता समिति बनाएर योजना निर्माण, कार्यान्वयन र त्यसको परीक्षण पनि जनताबाट नै गराउने काम गरेको छु । स्थानीय सरकार सञ्चालन गर्दा आर्थिक पारदर्शिता हुनुपर्छ । आर्थिक पारदर्शीता मेरो प्रमुख एजेण्डा हो । आर्थिक पारदर्शिता भएन भने लोकतन्त्रको आभास हुन सक्दैन । कृषि क्षेत्रमा काम गर्नेछु । किसानको हितमा काम गर्ने प्रशस्त योजना छन् । शिक्षा, पर्यटन, स्वास्थ्यको क्षेत्रमा काम गर्नेछु । मेरो काम, व्यवहार हेरेर मलाई माया गर्नेको सङ्ख्या धेरै छ, त्यसैले सबै पार्टीको साझा उम्मेदवार हुँ । निर्वाचित भएपछि सबैलाई सँगै लिएर काम गर्ने मेरो विगतको स्वभावमा परिवर्तन हुने छैन, त्यसैले म अत्याधिक मत ल्याएर विजयी हुनेछु । 

नेता चुनावमा मात्रै घरदैलोमा आउँछन् भन्ने मतदाताको बुझाई छ नी ?  

जनताको घरदैलोमा जाँदा यो मण्डनदेउपुरको मेयरको उम्मेदवार हो भन्ने पाएको छु । जनतामा यो एमाले उम्मेदवार भन्ने सोच पाएको छैन । फरक विचार राख्ने सबै पार्टीका नागरिकले मलाई साझा उम्मेदवार हो भनेर हेर्नु भएको छ । मैले हेर्ने कुरा पनि म निर्वाचित भएपछि सबै नागरिक मेरा आफ्ना हुन् भनेर काम गर्नेछु् । 

 नगरको विकासका लागि हामीसँग आन्तरिक स्रोतको रुपमा इन्द्रावती नदी, नगरको कर, नगरकोटका होटलललाई करको दायरामा ल्याउनेछौँ । इन्द्रावती खोलामा ४÷५ ठाउँमा ठेक्का लगाउन सक्छौँ, नगरभित्रका बुद्धिजीवी, कर्मचारी र जनता परिचालन गरी अन्य स्रोत खोज्न आग्रह गर्नेछौँ । यी योजना आजको भोलि होईन पाँच वर्षमा पुरा गर्नेछौँ । हामी समृद्ध र नमूना मण्डनदेउपुर नगर बनाउन सेवक भएर काम गर्नेछौँ । 

तपाईहरुले नै सानो भनेको दलको नेतासँग चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ नी ? 

उहाँ एक्लै निर्वाचनमा आउन नसक्ने भएका कारण सबै दलसँग गठबन्धन गरेर आउनु भएको छ । यसले मलाई खासै फरक पर्दैन । त्यो गठबन्धन नेताहरुले गरेको गठबन्धन हो । जनताले गठबन्धनलाई स्विकारेका छैनन् र जनताहरु गठबन्धन मान्ने पक्षमा छैनन् । मलाई विश्वास छ मलाई जनताको मलाई माया गरी मतदान गर्नुहुनेछ । म निर्वाचित भएपछि जनताको सेवकको रुपमा काम गर्नेछु । 

तपाईका मुख्य एजेण्डाहरु के के हुन् ? 

मैलै एक घर दुई रोजगारको व्यवस्था गर्नेछु । एउटा कृषिमा आधारीत हुनेछ । प्रत्येक घरमा कृषि टनेल निर्माण गरी तरकारी तथा बीउ उत्पादन गराई आम्दानी गराइनेछ । अर्को प्रत्येक घरमा सीपमा आधारित एक जनाले सीप सिकेर आम्दानी गराउनेछौँ । प्रत्येक घर तथा बस्तीको कनेक्टीभिटी सडकमा पु¥याइनेछ । लामो दुरीको सडकका लागि माथिल्लो निकाय र साना सडकहरुका लागि नगरपालिकाले काम गर्नेछ । कृषि सडकहरुलाई १२ महिना नै चल्न सक्ने गरी प्राथमिकता दिइनेछ । स्वास्थ्यको क्षेत्रमा जेष्ठ नागरिकलाई कम्तिमा ३ महिनामा घरमा नै गई स्वास्थ्य परिक्षण गर्ने, बालबालिकाको पोषणा, महिलाको स्वास्थ्यलाई पनि ध्यान दिइनेछ । पहिला आफै स्वस्थ्य हुनुपर्छ भनेर योग चिकित्सा, आर्युवेद, ध्यानलाई प्राथमिकता दिनेछौँ । शिक्षामा प्राविधिक शिक्षालाई जोड दिनेछौ, पर्यटनमा नगरकोट र ज्याम्दीलाई जोड्नेछौँ । नगरकोट आएपछि दुई तीन दिन बस्न सक्ने वातावरण बनाउनेछौँ । त्यसको लागि हामीले पर्यटकिय पूर्वाधारमा धार्मिक पार्क, सहिद पार्क, अग्रज विभुतीको पार्क, मनोरञ्जन पार्क, संग्राहलय बनाउने छौँ, रक क्लाइम्बिङ, साइक्लिङ रुट बनाइनेछ । यसो गर्दा पर्यटकिय चलहपहल बढ्नेछ ।  

योजना कार्यान्वयनका लागि बजेटको व्यवस्थापन कसरी गर्नुहुन्छ ? 

हामी डिपिआर गरेका ठुला योजनाको कामको लागि केन्द्र सरकार, मझौला योजनाको लागि प्रदेश सरकारबाट बजेट माग गर्नेछौँ । नगरको विकासका लागि हामीसँग आन्तरिक स्रोतको रुपमा इन्द्रावती नदी, नगरको कर, नगरकोटका होटलललाई करको दायरामा ल्याउनेछौँ । इन्द्रावती खोलामा ४÷५ ठाउँमा ठेक्का लगाउन सक्छौँ, नगरभित्रका बुद्धिजीवी, कर्मचारी र जनता परिचालन गरी अन्य स्रोत खोज्न आग्रह गर्नेछौँ । यी योजना आजको भोलि होईन पाँच वर्षमा पुरा गर्नेछौँ । हामी समृद्ध र नमूना मण्डनदेउपुर नगर बनाउन सेवक भएर काम गर्नेछौँ । 

अन्त्यमा के भन्नुहुन्छ ? 

म जनताको सेवकको रुपमा आएको छु । म नेता बन्न, नेतृत्व गर्नलाई, गाडी चढ्न, विभिन्न ठाउँमा गएर फजुल गर्न आएको हैन ।  हामीलाई विजयी गराउनुहोस् पाँच वर्ष तपाईहरुको सेवको रुपमा सेवा गर्नेछु । तपाई कुन नगरको नागरिक भन्दा म मण्डनदेउपुर नगरपालिकाको नागरिक हो भनेर गर्व गर्न लायकको काम गर्नेछौँ । 


प्रतिक्रिया



थप समाचारहरु