धुलिखेल अस्पतालमा जन्मियो झण्डै सात किलोको बच्चा, तर बचाउन सकिएन....


मेचीकाली

धुलिखेल-एउटा नवजात शिशुकाे ताैल कतिसम्म हुनसक्छ  ? ४ किलो, ५ किलो  तर हिजो धुलिखेल अस्पतालमा ६६६० ग्राम अर्थात झण्डै ७ किलोकाे शिशु जन्म्याे । 

सिन्धुपाल्चोकबाट निकै ढिलो ल्याईपुर्याएकाे कारण शिशुलाई बचाउन भने सकिएन तर पनि याेनीद्वारबाट यति ताैलकाे शिशु जन्मिनु नेपालकाे लागि मात्रै हाेईन विश्वकै निकै विरल घटना भएको चिकित्सकहरू बताउछन् । डक्टरहरूकाननुसार यस्तो डेलिभरीकाे क्रममा टाउको जन्मिएपनि काँध अड्किनसक्छ । जुन यो  घटनामा पनि भयाे । रेफर गर्न निकै ढिलाइ गरेको र पठाउनेअसो क्रममा खबर नगरेका कारण  शिशु जन्मिने निस्सासिएका कारण शिशुको मृत्युु भयाे ।

धुलिखेल अस्पतालका डाक्टर सुमनराज ताम्राकारका अनुसार हिजो बिहीबार साँझ ६:५० बजे सिन्धुपाल्चोक तातोपानीकी ३५ बर्षीया गर्भवती महिलालाई सुत्केरी हुन नसकेपछि अस्पताल ल्याइएको थियो । सामान्य रुपमा बच्चा जन्मने संकेत नदेखिएपछी डाक्टरहरूले शल्यक्रिया (सिजेरियन) मार्फत बच्चा निकाल्ने तयारी गर्दागर्दै बच्चाको टाउको बाहिर निस्किएपछी शल्यक्रिया गर्न सकिएन । 'बच्चाको टाउको बाहिर निस्केपछि सिजेरियन गर्न सकिएन, जन्मने क्रममा काँध अड्कियो र बच्चाको निधन भयो' ताम्राकारले भने । बच्चाको अस्वाभाविक तौलबारे पहिले नै जानकारी दिइएको भए पनि शल्यक्रिया गर्न सम्भव हुने ताम्राकारले वताए । उताबाट रेफर गर्दा सबै कुरा नबुझाई पठाइएकाले पनि समस्या भएको उनको भनाई छ ।

ती महिलाको यो चौथोपटकको गर्भाधान हो । यस अगाडि उनले सामान्यरुपमै तीनवटा बच्चालाई जन्म दिएकी थिइन् । शेर्पा थरकी ती महिलाको पहिला तीनवटा छोरी जन्मिए पनि अहिलेको बच्चा भने छोरा थियो । उनका १०, ९ र ३ वर्षका छोरी छन् ।

अन्य मुलुकमा ८/९ किलोसम्मका बच्चा जन्मिए पनि नेपालमा भने यति धेरै तौल भएको बच्चा सम्भवत पहिलो भएको अनुमान गरिएको छ।


प्रतिक्रिया



थप समाचारहरु