पाँचखाल ६ का एमाले उम्मेदवार बरुण ढुंगाना : जो रुद्र सरको पदचाप पछ्याइरहेछन्


मेचीकाली

पाँचखाल–पाँचखाल नगरपालिका वडा नं. ६ मा नेकपा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार बनेका छन् बरुण ढुंगाना । स्वर्गीय रुद्रवहादुर बानिया (रुद्र सर)कै छत्रछायामा राजनीति सुरु गरेका एक युवा जसमा वडाबासीले रुद्र सरकै छायाँ देख्छन्, उनको मिजासिलो व्यवहार अनि सहयोगी मनका कारण ।

हिजोका दिनमा पनि विकास निर्माणका काममा उत्तिकै अग्रसर हुने बरुण अहिले वडाअध्यक्ष बनेर वडा नं ६ को विकासको नेतृत्व लिन अग्रसर छन् । विकासका काममा आफ्नो या अर्को नभनी साथ दिन रुद्र सरबाट सिकेका बरुण आफू वडाअध्यक्ष भएपछि पनि सबैलाई समेटेर वडाको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्छन् । तत्कालिन पाँचखाल गाविसका अध्यक्ष रुद्रबहादुर वानियाँलाई पाँचखालमा सबैले रुद्र सर भनेर चिन्ने गरेका थिए । पाँचखालको विकासमा रुद्रसरले पुर्याएको योगदान पाँचखालबासीले सदा आफ्नो मानसपटलमा राख्ने गरेका छन् । 

रुद्रसरकै पदचाप पछ्याएका बरुण झण्डै दुई दशकदेखि राजनीति र सामाजिक कार्यमा क्रियाशिल छन् । हाल नेकपा एमाले पाँचखाल ६ वडा कमिटीको अध्यक्षसमेत रहेका बरुणले वडाबासीले गरेका अपेक्षा पुरा गर्न दीर्घकालिन योजनासहित चुनावी मैदानमा ओर्लिएको बताएका छन् । ‘स्थानीयस्तरमा हुने विकास निर्माण र प्रशासनिक कार्यलाई चुस्त बनाउने प्रतिवद्धतासहित बरुणको टीम चुनावी मैदानमा उत्रिएको छ । उनलाई वडाबासीले उत्साहपूर्ण साथ र सहयोग पनि देखिएको छ । 

कस्ता छन् त उनका प्रतिवद्धता ?

नेकपा एमाले पाँचखाल नगर कमिटीले स्थानीय तह निर्वाचनको प्रतिवद्धता जारी गरेको छ । बरुण ढुंगाना नेतृत्वको वडा कमिटीले समेत वडाको विकासका लागि छुट्टै प्रतिवद्धतापत्र अघि सारेको छ । जसमा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य खानेपानी लगायतका क्षेत्रको विकासका विषय समेटिएको छ । 

जसमा शिक्षातर्फ जोरपाटी माविलाई गुणस्तरीय शैक्षिक संस्थाको रुपमा विकास गर्र्ने, अंग्रेजी माध्यमबाट पढाई सुरु गर्ने, वडाका अन्य आधारभुत विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने, गुणस्तरीय शिक्षाका लागि निजी विद्यालय जानुपर्ने बाध्यता अन्त्य गर्ने, पिछडिएको वर्ग, गरिब र सिमान्तकृत वर्गका विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री तथा पोशाकको व्यवस्था गर्ने लगायतका योजना अघि सारिएको छ । 

यस्तै वडाभित्र भेटेरिनरी र कृषि पढ्न विद्यार्थीलाई प्रोत्साहनको व्यवस्था, वडामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिसहित आधारभुत स्वास्थ्य सेवा निःशुल्क गर्ने, स्वास्थ्य बीमामा सबै वडाबासीलाई समेट्ने योजना अघि सारिएको छ । यस्तै पूर्वाधारतर्फ वडामा रहेका मुख्य र कृषि सडकहरुको स्तरोन्नति तथा नयाँ सडक निर्माणका योजना पनि अघि सारिएको छ । वडाका मुख्य बाँध तथा कुलो पक्की बनाउने, युवालाई गाउँमै स्वरोजगार बनाउनका लागि आवश्यक तालिमहरु प्रदान गर्ने, वडाबासीका लागि घरदैलो सेवा सञ्चालन गर्ने लगायतका योजना पनि एमालेले पाँचखाल ६ मा अघि सारेको छ । 



प्रतिक्रिया



थप समाचारहरु