धरहरा : संरचनासहित उहिल्यै ठडिइसक्दा पनि काम नगर्ने अनि स्टन्ट र प्रचारबाजी गर्ने ?


होमप्रसाद चौंलागाँईं

सरकार, त्यस देशको अभिच्छिन्न उत्तराधिकारीय अधिकार सहितको सर्वोच्च जनसंस्था हो । त्यस खालको संस्था चाहेरपनि दल विशेष बन्न सक्दैन । यो राजनीतिक मात्र नभएर दार्शनिक र सैद्धान्तिक समेत विषय हो । सरकार निर्वाचित, अनिर्वाचित, आवधिक र केहि दीर्घकालिन जस्तोसुकै किन नहोस्, त्यसको विशेषता अभिच्छिन्न र दीर्घकालिन हुनु पर्दछ । 

त्यसै अनुरुप त्यति बेलै धरहराको मूल संरचनाको निर्माण कार्य सम्पन्न भएको हो । धरहरा पुननिर्माणको परियोजना अन्तरगत त्यसलाई नयाँ स्वरुपमा निर्माण गर्नेगरी पाँच भागमा विभक्त गरिएको थियो । पहिलो पुरानो धरहराको वचेको भागलाई परदर्शी शिसाले छोपेर जस्ताको त्यस्तै संरक्षणगरी सुरक्षित राख्ने । दोश्रो तेसको छेवैमा पुरानो स्वरुपमा तर नयाँ प्रविधिको प्रयोगरी सुरक्षित धरहराको निर्माण गर्ने । तेश्रो भूकम्पको वारेमा जानकारी गराउने हिसावले म्युजियमको निर्माण गर्ने । चौथो भित्री सहर र पर्यटकको सुविधालाई समेत ध्यानमा राखेर अण्डर ग्राउण्ड पार्किङ स्थल निर्माण गर्ने र पाँचौ अण्डर ग्राउण्ड पार्किङको माथिल्लो भागमा वगैचा निर्माण गर्ने र सुन्धारालाई सौन्दर्यीकरण गर्ने । त्यसका लागि गोस्वारा हुलाकसमेतको वरीपरीको सरकारी जमिन समेत प्रयोग गरिएको छ । 

धरहराको मुख्य भागको निर्माण कार्य सकिएसंगै गठबनधनको घेराबन्दिमा परेका तत्कालिक प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफ्नो अथक प्रयाशमा बनेको धरहरा उद्घाटन गरेका थिए । जसको निर्माणकार्य उतिवेलै सम्पन्न भइसकेको हो । अरु परियोजनाको काम सरकार परिवर्तनका कारणले विलम्व भएको छ । तर निर्माण संझौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा जारी छ । यो परियोजनाको दुरदर्शी दृष्टिकोण र महत्व नवुझ्नेले त्यसको आलोचना गर्नु स्वभाविक हो ।

यसरी हेर्दा भूकम्पले ढलेको ६ वर्षपछि नयाँ धरहरा ठडिएको हो । २०७२ वैशाख १२ को भूकम्पले ढलेको धरहरासँगै जोडेर नयाँ धरहरा बनाइएको छ । तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीको सम्झनास्वरुप १८८२ सालमा धरहराको निर्माण गर्न लगाएका थिए । १९९० सालको भूकम्पले भत्किनु अगाडि धरहरा ११ तलाको थियो । १९९०  माघ २ को भूकम्पले बर्दाली माथिको १० र ११ तला भत्किएको थियो । ९० सालमा भत्किएपछि तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले दुई वर्षपछि नौ तला नै कायम गरी धरहराको पुनःनिर्माण गराएका थिए ।

२०७२ सालको भूकम्पले नौ तले धरहरा पूर्णरुपमा ध्वस्त बनाएको थियो । के.पी. ओलीको प्रधानमनत्रीत्व कालमा बनेको धरहरा २२ तलाको छ । राष्ट्रिय पुनिर्माण प्राधिकरणका अनुसार नयाँ धरहराको निर्माणमा सिमेन्ट, फलामलगायत आधुनिक प्रविधिको प्रयोग गरिएको छ । पहिलेको धरहरा चुना र सुर्कीले बनेको थियो । धरहराको गजुरमा ९८ केजी सुनको जलप लगाइएको प्राधिकरणको भनाइ छ ।

धरहराको मुख्य संरचना ‘टावर’ बने पनि अन्य काम बाँकी नै छ । प्राधिकरणका अनुसार धरहरा परिसरमा निर्माण हुने सबै संरचनाको धेरै काम बाँकी छ । धरहरा क्षेत्रमा वाटर फाउन्टेनसहितको पार्क बन्नेछ । साथै, ४०० चार पांग्रे र एक हजार वटा दुई पांग्रे सवारीसाधन पार्क गर्न मिल्ने गरी पार्किङ स्थलपनि बनाइँदै छ । धरहरा परिसरमा म्युजियमका साथै नेपालमा उत्पादन हुने सामानहरुको पसल समेत रहने जनाइएको छ । धरहरा चढ्नलाई दुईवटा लिफ्ट रहनेछन् भने पहिलाको जस्तै सिँढीको व्यवस्था पनि हुनेछ । त्यो सबै अहिलेको नयाँ कुरा र प्रवधान दुशै हैन । त्यो त त्यतिबेलैको लगवत स्टिमेट सहितको योजना हो । 

सिमेन्ट र फलामको प्रयोग गरेर निर्माण गरिएका कारण सम्पदाविद्हरुले भने नयाँ धरहरालाई ‘झिल्के टावर’को संज्ञा दिने गरेका हुन् । नवनिर्मित धरहरा भीमसेन थापाले बनाएको जस्तै ऐतिहासिक नहुने सम्पदाविद्हरुको भनाइ छ । अहिले बनेको धरहरा पुनःनिर्माण नभइ नवनिर्माण मात्रै भएकाले यसलाई ‘टावर’ मात्रै भन्नुपर्ने उनीहरुको तर्क छ ।

त्यहि कुरामा टेकेर काठमाडौंका मेयर बेला बेलामा बहकिने गरेका हुन् । चाहे त्यो धरहरा होस् वा रत्नपार्क, पूरानो बसपार्कस्थित बन्दै गरेको काठमाडौं भ्यूटावर नै किन नहोस्, त्यसको फाउण्डेशन र प्रारम्भिक निर्माणको जग के.पी. ओलीमै जाने गरेको जनताको बुझाई छ । एलेको पार्किङको सन्दर्भ र स्टन्त्राजी नयाँ कुरा हुादै होइन । त्यो त त्यतिबेलै के.पी.ओलीले देखेको स्वर्णिम सपनाको प्रतिफल हो । जसले काठमाडौंको पार्किङमात्र नभएर ऐतिहासिक संरचनाहरुलाई समेत समपनामा देख्दै आएका थिए । त्यसै अनुरुप त्यतिबेलै पूर्ण रुपमा निर्माण कार्य सम्पन्न भएको रानी पोखरी, धरहरा, काठमाडौं भ्यू टावर लगायतका संरचनाहरुको निर्मााणमा तत्कालिन प्रधानमन्त्री के.पी. शर्मा ओलीको ठूलो भूमिका रहेको देख्न सकिन्छ । 

धरहरालाई, धरहरा नभनेर सेतो टावर भन्नेहरु नै आज त्यसको अण्डर ग्राउण्ड प्रचारमा जुटेका छन् । जमाना बदलिएसंगै दिमागमै फाउण्डेशन राखेर जमिन मुनीको पार्किङ अवधारणा राखेर काम गरेको कुरलाई दिलदेखि नै स्वागत गर्नु पर्दछ । जसले त्यतिबेलै ऐहिलेको विपना देखेका थिए र साकार हुन पुग्यो । सम्पन्न् हुान बाँकी रहेको केहि काम र सजिसजाओटका कामहरु छिटोभन्दा छिटो पूरा गरियोस् । सपनाको आंशिकतामात्र नभएर पूर्ण प्राप्त हुन सकोस्, सबै सबैमा शुभकामना !


प्रतिक्रिया



थप समाचारहरु