काभ्रेपोष्टको रजत महोत्सव : कार्यकारी सम्पादक तिमल्सिना सहितका सञ्चारकर्मी सम्मानित


मेचीकाली

बनेपा– काभ्रेपलाञ्चोकबाट प्रकाशित हुँदै आएको काभ्रे पोष्ट साप्ताहिकको रजत महोत्सवको अवसरमा मेचीकाली डटकमका कार्यकारी सम्पादक तथा गोरखापत्र दैनिकका जिल्ला समाचारदाता केदार तिमल्सिना नगदसहित ‘कोशीपारी पत्रकारिता पुरस्कार २०८१’ बाट पुरस्कृत हुनुभएको छ ।

पत्रिकाको रजत महोत्सवका अवसरमा आईतबार साप्ताहिकका संस्थापक स्व. विष्णुप्रसाद चौलागाँईद्धारा स्थापित ‘ हित ‘कोशीपारी पत्रकारिता पुरस्कार’ बाट यस वर्ष नगद पाँच हजार ५५५ रुपियाँसहित तिमल्सिना र कान्तिपुरकर्मी ज्योती श्रेष्ठलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासङ्घका कन्द्रिय उपाध्यक्ष रमेश बिष्टलगायतले पत्रिकाका संस्थापक सम्पादक ईश्वरी ओझा, पूर्व कार्यकारी सम्पादक शिव दाहाल, पूर्व व्यवस्थापक दिपेन्द्र लामा, सरोज अधिकारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा बालकृष्ण बजगाँई, स्तम्भकार चुडाप्रसाद चौलागाँई, पत्रिकाका डिजाइनर खगेन्द्र कार्कीलगायतलाई कदर पत्रद्धारा सम्मान गरिएको थियो । पत्रिकाको रजत महोत्सवको अवसरमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले पत्रकारिताको क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष रमेश बिष्टले पछिल्लो समय छापा सञ्चार माध्यमहरु सङ्कटमा पर्दै गएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाँई, मधु आचार्य, एमाले काभ्रेका अध्यक्ष राजन भूर्तेल, एकिकृत समाजवादीका जिल्ला उपाध्यक्ष रघुबर चौ प्रधान, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, पूर्व अध्यक्ष ईश्वरी ओझाले काभ्रे पोष्ट पत्रिकाले जिल्लाको पत्रकारिताको विकासमा खेलेको भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो । पत्रिकाका अध्यक्ष राधिका चौलागाँई, सम्पदाक दिपकप्रसाद चौलागाँईले पत्रिकाले आगामी दिनमा पनि समाजका खबरहरुलाई प्राथमिकता दिने बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा ल्होछार मेला हुने