‘खकुरेल सर’को खँदिलो ओज


मेचीकाली

-होमप्रसाद चौंलागाँईं

काभ्रेपलाञ्चोक पार्टी राजनितीको इतिहासमा कम्यूनिष्ट लालकिल्लाको रुपमा परिचित जिल्ला हो । त्यसमा पनि यसको गहिरो अध्ययन गर्ने हो भने नेकपा एमाले यस जिल्लाको राजनितिक ब्राण्ड हो । इतिहासको पाना पल्टाएर हेर्दापनि त्यो देख्न सकिन्छ । यहाँबाट प्रतिनिधित्व गर्दै विदुर सापकोटा, कृष्णप्रसाद सापकोटा, गोबिन्दनाथ उप्रेती, शिबबहादुर देउजा लगायतका थुप्रै नेताहरुले नेकपा एमालेको सूर्यको प्रतिकात्मक नेतृत्व गरिसकेका छन् । 

कम्यूनिष्ट पार्टीको त्यसभन्दा गहिरो इतिहास नियाल्ने हो भने यो जिल्लामा नेकपा एमालेका तत्कालिन केन्द्रिय स्तरका नेताहरुले भूमिगत उपस्थिति जाएकाइतिहास छ । खास गरी मण्डन क्षेत्र भूमिगत राजनितिको एउटा अखडा मात्र नभएर माधव नेपाल, झलनाथ खनाल, के.पी. ओली, बामदेव गौतम, विद्यादेवी भण्डारी लगायतका नेताहरुले भूमिगत कालको विभिन्न सन्दर्भहरुमा आफ्नो खँदिलो उपस्थिती रहेको गौरमय इतिहास छ । 

पार्टी अर्धभूमिगत अवस्थाबाट अगाडी वढ्न थालेपछि मण्डन क्षेत्रमा प्रज्जवल चापागाँईं, केदारनाथ नेपाल र कुमार खकुरेल सरहरुको भूमिका अहम रहेको देख्न सकिन्छ । एकातर्फबाट शिक्षकको भूमिकामा र अर्को कोणबाट एउटा कुशल संगठकको रुपमा कुमार खकुरेल सरको मण्डनमा उपस्थिती रहेको देखिन्छ । 

राजनितिक र शिक्षण पेशाको दौरानको क्रममा खकुरले सर शुरुमा नयाँगाउँ देउपुरको देउपुर प्राथमिक विद्यालयमा पठाउने गरी आउनु भएकोमा कुन्तावेसीलाई राजनितिक केन्द्र बनाएर काम गर्नु पर्ने सांगाठानिक गतिविधिहरुको अवस्थालाई नियाल्दै उहाँलाई डेडीथुम्का मा.वि.मा नै स्थापित गरिएको इतिहास कायम छ । 

तत्कालिन समयमा कम्यूनिष्ट पार्टीको राजनितिक अध्यक्ष्यत्मक प्रणालीबाट नभई सचिव÷महा–सचिवको निती अनुरुप चलेकोमा खकुरेल सर पाँचखालको संस्थापक सचिवको रुपमा रहनु भएको इतिहास छ । त्यतिमात्र नभएर खकुरेल सर नेकपा एमालेको काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न तह र क्षेत्रको जिम्मेवारीमा रहनु भएको पूरानो इतिहास उहाँको फिगरबाट पढ्न सकिन्छ । 

समय क्रम बित्दै गयो । यसै क्रममा पार्टी नेतृत्वले यी र यस्ता यावत कारणहरुको वृहत्तर अध्ययन गर्न थाल्यो । पछिल्लो समयमा लक्ष्मण लम्सालले संसद् पद् लिलामीमा चढाई पार्टी छोड्ने अवस्थामा पुगेपछि झनै सोच्ने स्थित बन्न थाल्यो र फलस्वरुप काभ्रेको प्रतिनिध सभा २ को ‘क’ मा अब लिलामीमा चढ्ने र बिक्न भनई टिक्ने र खारिएको नेतृत्वलाई स्थापित गर्नु पर्छ भन्ने जन चाहना वढ्न थाल्यो । जसले गर्दा सशक्त अगाडी सारिएको ब्यक्तित्वको नाम हो ‘कुमार खकुरेल सर’ ।

मास्टर तहको अध्ययन र कानून समेतका विद्यार्थी रहेका ‘खकुरेल सर’ पछि पार्टी र ब्यक्तिगत जिम्मेबारीको कारण काठमाडौं केन्द्रित हुन थालेपछि उहाँको जिम्मेवारी पनि नेकपा एमालेको काभ्रे–काठमाडौं सम्पर्क मञ्च तिर हुन थाल्यो । उहाँ नेकपा एमालेका ७५ ओटै जिल्लामा शुरु हुन थालेका जिल्ला सम्पर्क मञ्चहरुमध्येको एक, काभ्रे–काठमाडौं सम्पर्क मञ्चको संस्थापक अध्यक्ष हुनुहुन्छ । लामो समय सम्पर्क कमिटीको नेतृत्वमा रहनु भएको खकुरेल सर काभ्रेको राजनितिक इतिहासमा नेकपा एमलेले लुकाएर (जोगाएर) राखेको सम्पत्तिको रुपमा परिचित नाम हो । 

वैंक तथा वित्तीय संस्थाहरुको चलन चल्ती नभएको त्यस समयमा धनसम्पत्तिलाई कहिंलेकाहिं गडेर राख्ने र खनखाँचोमा टार्ने प्रचलन भएजस्तै खकुरेल सर आज एमालेको महत्वपूर्ण सम्पत्तिको रुपमा परिचित हुनुहुन्छ। 

नेकपा एमालेको र त्यमिा पनि यो क्षेत्रको इतिहास नियाल्दा विभिन्न समयमा विभिन्न संसदीय तथा लाभको पदमा विभिन्न नेतृत्व पुगेको देख्न सकिन्छ । एमलेबाट विभिन्न समयमा विभिन्न जिम्मेवारीमा रहेका मानिसहरु जो पाउँदासम्म त्रिक्ने र नपाएको भोलीपल्ट पार्टी छोड्ने जस्ता गतिविधिहरुले प्रश्रय पाउँदा पार्टी राजनितिमा आघात भएको महसुस हुनु स्वभाविकै पनि हो । त्यतिमात्र नभई पार्टीबाट अलग्गिएर पार्टीको नेतृत्वलाई तथानाम गाली गर्ने प्रचलन वढ्न थालेपछि जताततै जन आक्रोश वढ्न थाल्यो । 

हिजो पार्टीको मात्र नभएर संसदीय जिम्मेवारी बहन गरेका नेताहरु आज हर ढंगले आफू लागेको पूरानो पार्टीको विरुद्धमा लाग्ने गरेको देख्न सकिन्छ । पटक पटक जिल्ला विकास समिति र संविधान सभा सदस्य समेत रहेका कृष्ण प्रसाद सापकोटा, पूर्व माननीयहरु शिबबहादुर देउजा, गोबिन्दनाथ उप्रेती, विदुर सापकोटा लगायतका तत्कालिन नेताहरु अरुलाई पालो दिनु पर्ने भएपछि घरमै आगो लगाउँदै खरानी बटुल्दै हिंड्न थालेको देख्न सकिन्छ । 

समय क्रम बित्दै जाँदापनि यो क्रम रोकिन सकेन, लामबद्ध चल्दै गयो । पछिल्लो समय काभ्रेको क्षेत्र नं. २ क मा उम्मेदवार बनाइएका लक्ष्मण लम्सालपनि जन अभिमतलाई लात मार्दै जनताको मतले जिताएको संसद् पद बन्दकी राख्न पुगे र पार्टीबाट समेत अलग भए । पार्टीको तर्फबाट उम्मेदवार बनाएर ल्याएका लम्साललाई जनताबिचको अपरिचयका कारण उनलाई जिताउनु त्यति बेला पलामको चिउरा थियो । तथापी नेता र कार्यकर्ताहरुको अथक प्रयाशका कारण काभ्रेली जनताले उनलाई बिजयी गराएका थिए । यस्तो बिकृति वढ्ने क्रममा यसै क्षेत्रबाट माननीयको भूमिकामा पुगेका गोबिन्दनाथ उप्रेती, विदुर सापकोटा र लक्ष्मण लम्साल मध्ये कुनैपनि व्यक्ति, पार्टीको लाभको पदको समापन पछि पार्टी छोडेर भाग्ने भगौडापन वढ्न थालेपछि पार्टीको नेतृत्वले फरक ढंगले सोच्न थाल्यो । 

समय क्रम बित्दै गयो । यसै क्रममा पार्टी नेतृत्वले यी र यस्ता यावत कारणहरुको वृहत्तर अध्ययन गर्न थाल्यो । पछिल्लो समयमा लक्ष्मण लम्सालले संसद् पद् लिलामीमा चढाई पार्टी छोड्ने अवस्थामा पुगेपछि झनै सोच्ने स्थित बन्न थाल्यो र फलस्वरुप काभ्रेको प्रतिनिध सभा २ को ‘क’ मा अब लिलामीमा चढ्ने र बिक्न भनई टिक्ने र खारिएको नेतृत्वलाई स्थापित गर्नु पर्छ भन्ने जन चाहना वढ्न थाल्यो । जसले गर्दा सशक्त अगाडी सारिएको ब्यक्तित्वको नाम हो ‘कुमार खकुरेल सर’ । जो लगतार पार्टीले दिएको जिम्मेवारीमा अबिच्छिन्न ढंगले लाग्दै आउनु भएको समेत ब्यक्तित्व हो । 

नेतृत्वले पटक पटक दिंदे आएको धोखाधरीको बाबजुद् काभ्रेको उर्वर कम्यूनिष्ट भूमीको रुपमा चिनिने भुम्लु गाउँपालिका (सबै १० वडा), पाँचखाल (सबै १३ वडा), मण्डनदेउपुरको मण्डन भेग (७ देखि १२ गरी ६ ओटा वडा), धुलिखेल (७ ओटा वडा) यस प्रदेश सभाको क्षेत्रमा पर्ने भएको हिसाबले यो सचेत नागरिकहरुको बसोबास रहेको भूगोल हो । अधिकांश कम्यूनिष्टहरुको बसोबास रहेको यस्तो भूगोलमा भएको नेतृत्वको अस्थिरता र डकारेपनलाई सधाका निमित्त अन्त्य गर्नपनि आज कुमार खकुरेल सरको ओजलाई महत्वपूर्ण रुपमा लिन थालिएको छ ।


प्रतिक्रिया



थप समाचारहरु