समाचार विश्लेषण : पर्खनु पर्छ, काभ्रेले देशको प्रधानमन्त्री पाउनेछ


मेचीकाली

-होमप्रसाद चौंलागाँईं

काभ्रे प्रतिभा जन्माउने जिल्ला मध्येको एक हो । काभ्रेको राजनितिमा तुलोको एकातिर गोकुल र अर्कातिर अन्य नेतृत्वलाई राखेर हेर्ने हो भने गोकुल बाँस्कोटा तिरको वजन गहकिलो हुनेछ भन्ने पार्टी अध्यक्ष के.पी. ओलीको भनाई आज करिब ५ वर्षपछि आएर चरितार्थ मात्र भएको छैन, जनमतद्वारा प्रमाणित समेत भैसकेको छ । 

समय मिति २०७९ साल मंसिर ९ गते १ बजेतिरको हो । धुलिखेलको शिक्षा तालिम केन्द्र एकाएक भरिभराउन देखिन्थ्यो । धुलिखेलको अस्पताल चोक अर्थात वी.पी. राजमार्गदेखि नै मानिसहरुको लर्को देखिन थाल्यो । स्थिति त्यतिमा मात्र सिमित रहेन । शिक्षा तालिम केन्द्रदेखि धुलिखेल बजारको चोक, चौगेडा र गल्ली गल्ली भरिभराउ भए । एकाएक तालिम केन्द्रदेखि वी.पी राजमार्ग हुँदै अरनिको राजमार्ग छिचोल्नु सगरमाथ चढ्नु सरह चुनौतीपूर्ण बन्न थाल्यो । 

अझ अचम्मको कुरा त के थियो भने त्यतिबेलासम्म क्षेत्रको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भैसकेको थिएन । यसै क्षेत्र भित्र पर्ने धुदिखेल नगरपालिकाको वडा नं. ७ को मत गणना हुँदै थियो । हुन त बाँस्कोटा बनेपा, मण्डनदेउपुर, भुम्लु र पाँचखालको मत गणना नसकिंदै जनमतका हिसाबले बिजयी भैसकेका थिए । कुर्नु थियो त केबल ६६ वडाको सम्पूर्ण मत परिणाम । जनता उत्साहित मोडमा अन्तिम वडाको रुपमा धुलिखेल ७ लाई कुरी रहेका थिए । 

काभ्रेको निर्वाचन क्षेत्र नं. २ आफैंमा एक महत्वपूर्ण क्षेत्र हो । यसलाई पूरातन समयदेखि नै कम्यूनिष्टहरु र त्यसमा पनि नेकपा एमालेको गढको रुपमा चिनिने गर्दछ । हालको संरचना अनुसार यस क्षेत्रमा बनेपाको १४, पनौतीको ५, बेथानचोक ५, धुलिखेलको ७, पाँचखालको १३, मण्डनदेउपुरको १२ र भुम्लुको १० ओटा सहित ६६ वडाहरु पर्दछन् । 

नेकपा एमालेबाट गोकुलप्रसाद बाँस्कोटा, नेपाली कांग्रेसबाट शिबप्रसाद हुमागाँईं, जनता समाजवादीबाट सिद्धिबहादुर जोसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यसु आलेमगर, नेमकिपाबाट कृष्णकुमार वैध, नेपाल कम्यूनिष्ट पार्टी माओवादी समाजवादीबाट योकबहादुर घिसिङ, मंगोल नेशनल अर्गानाइजेशनबाट अचम्म् लामा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बिजय तामाङ, नेपाल कम्यूनिष्ट पार्टी परिवर्तनबाट उत्तमकुमार लामा, नेपाल नौलो जनवादी पार्टीबाट गंगाला श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिनेश हुमागाँईं, स्वतन्त्रबाट क्रमशः कृष्ण खत्री, बोधनाथ न्यौपाने, मनोज पण्डित, शेषराज लामिछाने र स्वयम्भुराज शाक्यले उम्मेदवारी मनोनयन दर्ता गरेको यस क्षेत्रमा कूल मतदाता १ लाख ५७ हजार ४ यय ४२ रहेको छ । जसमध्ये यस निर्वाचन क्षेत्रमा १ लाख ३ हजार ६२ मत खसेको थियो । 

खास गरी अनेरास्ववियू र थोरै समय प्ररायुसंघमा चासो राख्दै अगाडी वढेका बाँस्कोटा विद्यार्थी कालबाटै निडर र हक्कि स्वभावका मानस थिए् । उनको नेतृत्वमा थुप्रै भित्तेलेखन, नाराजुलुश, पोेष्टर पम्प्लेटिङ, भण्डाफोर लगायतका आन्दोलनहरु सफल भएका थिए । तत्कालिन समयमा रामहरि नेपाल महादेवस्थानको जनपक्षीय उम्मेदवार बन्न लाग्दा भएको अवरोध आन्दोलनको नेतृत्वपनि उनकै नेतृत्वमा छेडिएको थियोे । 


त्यसमध्ये ४५ हजार ३ सय ४५ मत प्राप्त गर्दै ५ हजार ८ सए ६३ को मतान्तरले बाँस्कोटा बिजयी हनु सफल भएको यस क्षेत्रमा उनका निकटत्तम प्रतिस्पर्धी शिवप्रसाद हुमागाँईंले रुख चुनाव चिन्हबाट ३९ हजार ४ सए ८२ मत प्राप्त गर्न सफल भएका थिए । देशै भरी एकाएक देखा परेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट काभ्रेको प्रतिनिधित्व गर्दै घण्टि चुनाव चिन्हबाट १० हजार ५ सए ८६ मत प्राप्त गर्न सफल भएका थिए । 

बत्तिमुनीको अँध्यारो भनेर चिनिदै आएको काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ४ अर्थात तत्कालिन नयाँगाउँदेउपुर गाउँ विकास समितिको चैनपुर बाँस्कोटा टोलमा जन्मिएका गोकुल बाँस्कोटा एक सामान्य परिवारका मानिस हुन् । स्कूले शिक्षा गाउँकै विद्यालयहरुबाट प्राप्त गरेका उनी विद्यालय कालकै एक तिक्ष्ण स्वभावका विद्यार्थी थिए । स्कूल तहको शिक्षा डेडीथुम्का र तपेश्वर मा.वि.बाट पूरा गरेका उनि त्यतिबेलैबाट राजनितिमा होमिन पुगेका हुन् । १२÷१३ वर्षको उमेरदेखि नै राजनितिमा होमिएका हक्की स्वभावका बाँस्कोटाका शैक्षिक तथा राजनितिक गुरुहरुका रुपमा चिनिने केदारनाथ नेपाल, कृष्णकुमार श्रेष्ठ, कुमार खकुरेल र एकराजकुमार शाही लगायतका सरहरु आजपनि उनको स्वभावलाई हुने विरुवाको चिल्लो पातका रुपमा ब्याख्या गर्ने गर्दछन् । त्यति मात्र नभएर गोकुलको त्यतिबेलाको लगाव, खटाई र जुझारुपनबाटै उनको आजको वर्तमान नियाल्न सकिने त्यतिबेला उनिसंग नजिक रहने गरेका नेतृत्वका धेरै जानकारहरु बताउँछन्् । 

खास गरी अनेरास्ववियू र थोरै समय प्ररायुसंघमा चासो राख्दै अगाडी वढेका बाँस्कोटा विद्यार्थी कालबाटै निडर र हक्कि स्वभावका मानस थिए् । उनको नेतृत्वमा थुप्रै भित्तेलेखन, नाराजुलुश, पोेष्टर पम्प्लेटिङ, भण्डाफोर लगायतका आन्दोलनहरु सफल भएका थिए । तत्कालिन समयमा रामहरि नेपाल महादेवस्थानको जनपक्षीय उम्मेदवार बन्न लाग्दा भएको अवरोध आन्दोलनको नेतृत्वपनि उनकै नेतृत्वमा छेडिएको थियोे । 

राजनितिको झोला बोकी लामो समयसम्म कहिले क्षेत्रगत त कहिले जिल्लागत रुपमा बिभिन्न नेतृत्वलाई स्थापित गराउने आन्दोलनको मोर्चामा होमिएका गोकुलको राजनितिक नादीबोली लामो छ । उनकै नेतृत्वमा स्थानीय वडाहरु सहित गाउँ विकास समिति, जिल्ला विकास समिति र त्यस बेलाका विभिन्न् निर्वाचन क्षेत्रहरुमा बिजयको खम्बा गाडिएको इतिहास छ ।सूर्य चिन्हलाई पार्टीको नेतृत्व र पहिचानको प्रतिक मान्ने उनी लामो समयसम्म विदुर सापकोटा, कृष्णप्रसाद सापकोटा, गोबिन्दनाथ उप्रेती, शिवबहादुर देउजा लगाउतका थुप्रै नेताहरुलाई मूल नेतृत्व मान्दै अघि वढेका एक असल कार्यकर्ता हुन् । 

इतिहासको लामो दौरानकै क्रममा काभ्रेहुँदै राष्ट्रिय राजनितिको नेतृत्वमा प्रवेश पाएका उनि सबैभन्दा सफल राजनितिज्ञ हुन् । राजनितिक इतिहासको कठघरामा लामो समय खरो उत्रिएका उनी काभ्रेली जनताका प्रीय नेता हुन्, यो तथ्यले बताइसकेको छ । अन्य विभिन्न निर्वाचनहरुको तुलनामा नेकपा एमालेको लागि चुनौतीपूर्ण मानिएको यस पटकको निर्वाचन साँच्चै कष्टकर थियो । चौतर्फी घेराबन्दी, एमाले विरुद्धको ५ दलीय गठबन्धन, यो सामान्य छँदै थिएन । अझ स्थानीय तहको निर्वाचन विश्लेष्ण गर्ने हो भने गठबन्धनको तुलनामा एमालेभन्दा १६ हजार माथि मत भएकाहरुको विरुद्धमा झण्डोत्तोलन गर्नु थियो । 

काभ्रेको सन्दर्भमा भन्नु पर्दा यहाँको गठबन्धन झनै विचित्रको थियो । हिजो आपूmले बोकेका नेताहरु भनेर चिनिने बिदुर सापकोटा, कृष्णप्रसाद सापकोटा, टोकबहादुर वाइबा र एकाएक बिरानो रुपमा काभ्रे छिरेका लक्ष्मण लम्साल लगायतका नेताहरु कांग्रेसको झण्डामुनी जय नेपाल भन्दै गर्दा कार्यकर्ताको तागतमा गोकुल एक्लैले लालशलामको नारा गुन्जाइरहेका थिए । त्यतिमामात्र पनि सिमित थिएन । एमालेका गोकुल बाँस्कोटालाई गाली गर्ने बिभागको बिभागीय प्रमुखको जिम्मेवराी नै तोकिएझैं देखिन्थ्यो । समाजवादी पोलिटब्यूरो सदस्य भन्दै बोलाएपछि उपस्थिति चाहे एकै जनाको भएको सभा किन नहोस् उनी कुर्लन थाल्दथे । भूmठा मात्र बोल्न भ्याउँदैनथे तथानाम गाली ब्यइजतीमै उत्रन्थे उनी । उनको त्यस प्रकार देखिने विभिन्न सामाजिक संजालहरुमा उनको बिरुद्धको कमेन्ट पढ्नै लाज मर्दो देखिने गर्दथ्यो । सायद बुढो भएरपनि होला, गाइ बुढो भएपछि भिर खोज्छ र मानिस बुढो भएपछि निहूँ खोज्छ भने झैं निहूँ खोजा शैलीमा एकजना सापकोटा बहकि रहन्थे, बहकीमात्र । ।

समय बित्दै गयो, निर्वाचन प्रचार प्रसारको कामपनि सकियो र एकाएक मौन अवधि शुरु हुन थाल्यो । ३ दिनको मौन अवधि लाग्थ्यो कि यो मौन नभई मनि अवधि रैछ । ५ दलीय गठनब्धनका नाममा गठबन्धन सहित देसी विदेसी पैसाको खोलो बग्न थाल्यो । देशका घराना र उद्योगपति भन्नेहरुले पैसाको चिन्ता नलिनू भन्ने भाषाहरु डरलाग्दो तर सुरिलो स्वरमा सुनिन थाल्यो । गोकु बाँस्कोटाको बिरुद्धमा बिनोद चौधरी आर्थिक चुनौतीका रुपमा देखा पर्न थाले । मौन अवधि भित्र लुकी छिपी विभिन्न ज्याजतीका श्रृखलाहरुनै चल्न थाले । निर्वाचनको लागि भन्दै होटल र पार्टी प्यालेशहरु कार्यकर्ताको आसूरी भोजनका लागि रिजर्भ हुन पुगे । यी र यस्ता वैध तथा अवैध विभिन्न धन्दाहरु नै चल्न पुगे । निर्वाचनको बेला, स्थिति भड्काउन हुन्न भन्ने तथ्यलाई शिरोधार गर्दै उनको नेतृत्वको एमालेले विवेक गुमाउन र स्थिति भड्काउन उचित ठानेन र सबै चिज थाहा पाउँदा पाउँदै सहेर ३ दिन बिताउने काम सम्पन्न गरियो । जसका कारण क्षेत्रमा रहेका ६६ वडाको ९९ ओटै मतदान केन्द्रहरुमा शान्तीपूर्ण निर्वाचन सम्पन्न हुन पुग्यो । 

जसको फलस्वरुप निर्वाचन केन्द्रहरु उत्साहजनक देखिन थाले । लाग्दथ्यो, सबै निर्वाचन केन्द्रहरु एमालेमय बन्दै छन् । हालै सम्पन्न निर्वाचनको मत परिणाले त्यहि बताएको छ । मण्डनदेउपुर हे¥यो गठबन्धनभन्दा १ हजार ३ सए माथी, पाँचखाल हे¥यो २ हजार ५ सए भन्दा वढी माथि, बनेपा हे¥यो त्यस्तै, पनौती, भुम्लु, बेथानचोक जता हे¥यो त्यतै अग्रता । 

नहोस्पनि किन काभ्रेमा उनि गोकुल बाँस्कोटामा मात्र सिमित थिएनन् । उनि त बिकासका बादशाहको रुपमा आफूलाई माथि उठाइरहेका थिए । देश विदेशले उनलाई विकासवादी नेताका रुपमा चित्रित गर्ने गर्दथे । उनको निर्वाचनमा सिंगो देश चिन्तित मात्र थिएन, केन्द्रितपनि । देशका सबै जिल्लाहरुबाट फोन आउँथ्यो लौन गोकुल दाइको के छ स्थिति ? यसबाटै बुझ्न सकिन्थ्यो कि अब गोकुल बाँस्कोटा काभ्रेका मात्र लोकप्रीय नेता हैनन्, उनि त देशकै नेता रैछन् । उनको क्रेज देशको ७७ ओटै जिल्लामा उत्तिकै छ । हक्कि स्वभावका उनि यस पटक सरकार बन्दा देशको गृह मन्त्रीहुँदै राजनितक दौरानको क्रममा उनलाई देशको प्रधानमन्त्रीको रुपमा देख्न पाउनु पर्छ भन्ने आवाज जताततै प्रखर थियो ।

निर्वाचनबाट प्राप्त मत परिणाम पछिको बिजय उत्सब एउटा ठूलो उत्सबमा परिणत भैरहेकोे थियो । युवा, तरुण, पाका प्रौढ सहित उत्साहित जुलुशमा भब्य र सभ्य नारा घन्कि रहेको थियो । त्यति मात्र थिएन । सभ्य भाषामा बाँकोटा मतदातालाई धन्यवाद मात्र दिइरहेका थिए । संयमित हुन अनुरोध गर्दै आपूm केबल बिजेतामात्र नभएर सबैको प्रतिनिधि भएको बताइरहेका थिए । जनता त्यतिमा खुसी हुनेवाला देखिएका थिएनन् । गोकूल बाँस्कोटासंग काभ्रेबाटै देशको प्रधानमन्त्रीको माग गरिरहेका थिए । छिट्टै गोकुललाई प्रधानमन्त्री बनेको हेर्ने रहर भएको बताइरहेका थिए । 

प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग