मिसन ग्रासरुट र संकल्प यात्राको प्रतिफल : इलाम र बझाङको उप–निर्वाचन !


होमप्रसाद चौंलागाँईं


नागरिकको जीवनस्तरलाई उकास्ने सकारात्मक परिवर्तन नै साँचो अर्थमा विकास हो । इतिहासलाई हेर्दा मानवजातिले आफ्नो दैनिकीलाई सहज बनाउने गरेका प्रयासबाट विकासको प्रक्रिया अघि बढेको देखिन्छ । अर्थात मानव जातिले आफ्नो वर्तमान जीवन यापनका तौरतरिकाबाट असन्तुष्ठ भएपछि विकल्पको खोजी गरेको र त्यसले सकारात्मक परिवर्तनका रुपमा विकास निम्त्याएको बुझ्न सकिन्छ । 

त्यस सन्दर्भमा नेपालले विकासको रणनीतिमै सडक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । सडकलाई पूर्वाधारको पनि पूर्वाधारका रुपमा स्विकार गरिएको देखिन्छ । त्यसकारण पनि पाँच वटा सडक आयोजनाहरुलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेर उच्च प्राथमिकता साथ अघि बढाईरहेको छ । राष्ट्रिय गौरवका आयोजनाहरुमा प्रधानमन्त्रीको सिधा निगरानी रहन्छ भने बजेटको अभाव हुन नदिने अर्थात श्रोत सुनिश्चित गरिएको हुन्छ । समितिको २०७६ जेठ १ गते बसेको बैठकले राष्ट्रिय गौरवको सडक आयोजनामध्येको एक पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजनाको स्थलगत अध्ययन÷अवलोकन भ्रमण गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम समितिले पुष्पलाल (मध्य पहाडी) राजमार्गको पूर्वी खण्ड काभ्रेदेखि पाँचथरसम्म स्थलगत अध्ययन अवलोनकन भ्रमण गरि सरोकारवाला निकायहरुसँग वृहत अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको थियो ।

त्यति मात्र नभएर एमालेले एक्लै बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्य राखेर पार्टी संगठन चलायमान बनाउन र चुनावपछिको मनोविज्ञान बुझ्न ३ महिना मिसन ग्रासरुट चलाएको थियो । वडा–टोल तहसम्म केन्द्रीय सदस्यहरु नै पुगेर पार्टी संगठन परिचालन, गठन पुनर्गठन र पार्टी प्रवेश गराए । यसले संगठनभित्र गोडमेलको काम गरेको थियो । जसको सकारात्मक परिणाम अहिले उपनिर्वाचनबाट देखिएको छ ।

एमालेले मिसन ग्रासरुट र संकल्प यात्राको माध्यमबाट पार्टीलाई चलायमान बनाएको कारणले एक्लै लड्दा पनि उपनिर्वाचनमा च्याम्पियन बन्न सफल भएको छ । इलाम– २ र बझाङ प्रदेशसभा १ मा एमालेका उम्मेदवारहरु क्रमशः सुहाङ नेम्वाङ र दमनबहादुर भण्डारी बाजी मार्न सफल भएका छन् । इलाममा माओवादीले सघाएको भए पनि त्यो एमालेको विरासत भएको क्षेत्र हो । बझाङमा एमालेले गएको निर्वाचनमा गुमाएको सीट फिर्ता ल्याएको छ । त्यहाँ गएको निर्वाचनमा पाँच दलीय गठबन्धन भएकै कारणले एमालेले हार व्यहोरेको थियो । यस पटक सबै दल एक्लाएक्लै लड्दा एमाले नै च्याम्पियन बन्यो ।

एमालेले २०७९ सालको चुनाव ५ दलीय गठबन्धनसँग सामना गरेको थियो । गठबन्धनको बलमा कांग्रेसले केही सीट धेरै ल्याए पनि एमाले समानुपातिकमा पहिलो दल बनेको थियो । एमाले ७७ जिल्लामध्ये ४४ वटामा पहिलो बनेको थियो । दलहरु एक्लाएक्लै लडेका भए त्यसबेलै एमाले बहुमत नजिक पुग्ने दलहरुको मतभारले देखाउँछ ।

यसै सन्दर्भमा प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ । मंगलबार बिहान साढे ४ बजे जारी अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए ।

२०७९ को निर्वाचनमा उनी सुवास नेम्वाङसँग ११४ मत कम ल्याएर हारेका थिए । यसपटक नेम्वाङ पुत्र सुहाङले ५ हजार ८ सय ३० मतान्तरले हराएका छन् । २०८० भदौ २७ मा पूर्व सभामुख तथा पूर्व संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ रिक्त थियो । रिक्त क्षेत्रको उपनिर्वाचनमा एमालेले गत चैत ११ मा नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

एमालेको यो निर्णयलाई धेरैले परिवारवादको आरोप पनि लगाएका थिए । एमालेका केही नेता कार्यकर्ताहरुको असन्तुष्टिलाई चिर्दै एमालेले निर्णय नफेर्ने अडान लिएको थियो । उम्मेदवारी दर्तापछि सुहाङको पक्षमा जनाधार सिर्जना गर्न एमाले अध्यक्षसहितका दर्जनौं नेता पटकपटक इलाम आएका थिए । जसले एमालेभित्रको असन्तुष्टि मेट्न सहयोग ग¥यो । 

अन्तिम परिणामअनुसार पहिचानवादी शक्ति तेस्रो शक्तिको रुपमा उदाएको छ । प्रदेश–१ लाई कोशी प्रदेश नामाकरण गरेको विरोधमा आन्दोलित पूर्वका जनजातिहरुका साझा उम्मेदवार थिए, पहिचानवादी नेता डकेन्द्र सिं थेगिम । विगतमा शिक्षक रहेका उनी पछिल्लो समय प्रदेश नम्वर १ पुनः नामांकन संघर्ष समितिका संयोजक पनि हुन् । एमाले–कांग्रेस जस्ता मूलधारका राजनीतिक शक्तिबीचबाट एकाएक नयाँ शक्तिको रुपमा उदाएका पहिचान पक्षका स्वतन्त्र उम्मेदवार थेगिम भन्छन्,‘मैले प्राप्त गरेको मत धेरै अर्थपूर्ण छ । पहिचानप्रति जनताले मलाई दिएको विश्वासको मतको रुपमा मैले लिएको छु ।’ उनले ११ हजार ४५७ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५ हजार ५० मत पाए । २०७९ को निर्वाचनमा रास्वपाका प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत पाएका थिए । लिम्बू पुरानो मत संख्यालाई थोरै सुधार्ने बाहेक केही गर्न सकेनन् ।

निर्वाचन कार्यालय, इलामका अनुसार इलाम–२ मा फाकफोकथुमका ७, चुलाचुली र माङसेवुङका ६÷६, माई नगरका ३, देउमाईका ९ र इलाम नगरको वडा नम्वर १० बाहेकका ११ वटा वडा सम्मिलित छन् । कुल मतदाता १ लाख १५ हजार ८ सय ८९ रहेको यो क्षेत्रमा करिव ६९ हजार २ सय ८७ मत खसेको थियो ।

त्यसै गरी प्रदेश सभा अन्तर्गत बझाङमा नेकपा एमालेका दमन भण्डारी विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै विजयी हासिल गरेका हुन्। एमालेका दमन भण्डारी ११ हजार ६१२ मतसहित निर्वाचन भएका हुन् ।

बझाङमा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दल एक्ला एक्लै निर्वाचनमा होमिएका थिए । भण्डारीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । यसैगरी माओवादी केन्द्रका जनक बुढाले  ३ हजार ८३१ मत प्राप्त गरे । एकीकृत समाजवादीले २ हजार ५१४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा एमाले बझाङ जिल्ला कमिटी अध्यक्षसमेत रहेका भण्डारी प्रदेश सभा (क) मा विजयी भएका हुन् ।

यस अगाडि प्रदेश सभा (क) मा २०७९ को निर्वाचनमा कांग्रेसका पृथ्वी बहादुर सिंह विजयी भएका थिए । तत्कालीन गठबन्धनका साझा उम्मेदवार बनेका सिंहले नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ७७६ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । पृथ्वीको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो ।

एमालेको संगठन, अडिग कार्यकर्ता पक्ति र नेतृत्वको दूरदर्शीताले आज नेकपा एमले देशको पहिलो शक्ति मात्र नभएर भोलीको लागि समेत एकल शक्तिको रुपमा उदीयमान भैरहेको आकलन गर्न थालिएको छ । 


प्रतिक्रिया



थप समाचारहरु