बेथानचोक दुर्घटना : मृतक १७ मध्ये १३ जनाको सनाखत (नामावलीसहित)


मेचीकाली

काभ्रे–काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ४ चलाल गणेशस्थानमा मंगलबार बेलुकी भएको बस दुर्घटनामा मृत्यु भएका १७ जनामध्ये १३ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा ९ जना महिला र ८ जना पुरुष छन् ।

 जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीका अनुसार बनेपा नगरपालिका ११ सल्लेस्थित कुप्रेगाउँबाट बेथानचोक गाउँपालिका ५ च्याल्टी स्थित झाँग्री गाउँको छेवारमा मामा सहित आफन्त लिएर लिएर गएको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस फर्कदा गणेशस्थानमा दुर्घटना भएको हो । दुर्घटनाको खबर थाहा पाउने वित्तिकै सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयको पहलमा आधा घण्टामा नै घाइतेको उद्धार गरिएको थियो । घाइते मध्ये धुलिखेल अस्पतालमा एकजनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ५ जनालाई थप उपचारका लागि काठमाण्डौं उपत्यकाका विभिन्न अस्पतालमा रेफर गरिएको छ । अन्य घाइतेको धुलिखेल अस्पताल र बनेपाको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । 

उनीहरु च्याल्टीस्थित मुलुक वाइवाको छोरा योकेशको छेवारमा सहभागी भएर फर्किएका हुन् । तामाङ संस्कारमा मामाले विदाई गरेर भान्जोलाई त्याहि छाड्ने र पछि ल्याउने परम्परा भएपनि यहाँ भने भान्जा योकेशलाई सँगै ल्याइएको थियो । उहाँ घाइते हुनुहुन्छ । 

मृतकको नामावली

१) बनेपा नगरपालिका–१४ का रामकुमार तामाङ

२) बनेपा नगरपालिका–११ की निर्मला तामाङ

३) बनेपा नगरपालिका–११ का योगेश तामाङ

४) बनेपा नगरपालिका–११ का आकुर तामाङ

५) बनेपा नगरपालिका–११ का आकुर तामाङकी श्रीमती हेमा तामाङ

६) बनेपा नगरपालिका–११ का पुष्कर तामाङ

७) बनेपा नगरपालिका–११ की कोपिला तामाङ, 

८) बनेपा नगरपालिका–११की कोपिला तामाङकी ६ वर्षीया छोरी श्रेया तामाङ  

९) मण्डनदेउपुर नगरपालिका–१ की जेली तामाङ

१०) ललितपुर महाँकाल गाउँपालिका घर भई हाल पनौती– ४ बस्ने बस चालक सन्तोष तिमल्सिना 

११) धुलिखेल नगरपालिका–११ का बु्द्ध तामाङ 

१२) बेथानचोक गाउँपालिका–५ की मञ्जु तामाङ

१३) बनेपा नगरपालिका–१४ की गीता श्रेष्ठ








प्रतिक्रिया



थप समाचारहरु