चौरीदेउरालीलाई किन काट्यो अख्तियारले पत्र ?


मेचीकाली

भ्युटावर निर्माणदेखि ट्याक्टर वितरणसम्ममा अनियमिताको आरोप

काभ्रे–काभ्रेको चौरीदेउराली गाउँपालिकामा भ्युटावर निर्माणदेखि ट्याक्टर वितरणसम्ममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । अख्तियारमा यही साउन ४ गते उजुरी दर्ता भएको हो ।

उजुरी दर्तापछि अख्तियारले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै आवश्यक कागजात उपलव्ध गराउन भनेको छ । चौरी देउराली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतले भ्यू टावर निर्माणमा पटक–पटक कार्यपालिकाको निर्णय परिवर्तन गरी ठेकेदारसँग मिलेमतो गरी भुक्तानी दिएको आरोप उजुरीमा लगाइएको छ । 

यस्तै कृषि उपज अनियमितता गरेको, वडा सञ्चालन खर्च निकालेर वडामा कुनै पनि सामान नआएको ट्रयाक्टर खरिदमा खरिद प्रकृयामा नलागी बजार मूल्यभन्दा करिब ८ लाख बढी मूल्यमा खरिद गरेको, नियम विपरीत कार्यालय सहायक नियुक्ति, अध्यक्षको प्रेस सल्लाहकार प्रशासन सल्लाहकार नियुक्ति गरी सार्वजनिक सम्पतिको दुरुपयोग गरेको भन्दै उजुरी गरिएको छ । उजुरीमा उल्लिखित उक्त विषयहरुका सम्बन्धमा के–कसो भएको हो राय सहित उल्लिखित आयोजना, कार्यक्रम र पदपूर्तिसँग सम्बन्धित कागजातको प्रमाणित प्रतिलिपी १५ दिनभित्र उपलब्ध गराउन अख्तियारका शाखा अधिकृत यादव भण्डारीले साउन १६ गते पत्र काटेका छन् । उक्त पत्र भदौ २ गते गाउँपालिकामा आइपुगेको छ । 


प्रतिक्रिया



थप समाचारहरु