‘क्रिप्टोकरेन्सी’ कारोबार गर्दा पक्राउ परेका मण्डनदेउपुरका विश्वराम श्रेष्ठसँग ६ लाख धरौटी माग


मेचीकाली

काठमाडौं-गैरकानुनीरुपमा क्रिप्टोकरेन्सी तथा विदेशी मुद्राको कारोबारको अभियोगमा पक्राउ परेका काभ्रेको मण्डनदेउपुरका विश्वराम श्रेष्ठसग जिल्ला अदालत काठमाडौंले ६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।  मण्डनदेउपुर नगरपालिका वडा नं. ७ घर भएका २८ बर्षीय श्रेष्ठ साउन १ गते पक्राउ परेका थिए । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा क्रिप्टो करेन्सी र विदेशी मुद्रा कारोबारसम्वन्धी कसुरमा मुद्दा चलाइएको थियो ।

प्रहरीका अनुसार गत असार ३२ गते राती अचानक आफ्नो बैंक खाताबाट रकम ट्रान्फर भएको लगायत उल्लेख गरी जीवनराज उप्रेतीले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए ।  कार्यालयका अनुसन्धान अधिकृतद्वारा अनुसन्धानका बिविध बिधि र प्रविधिहरुमार्फत अनुसन्धान गर्दै जाँदा उक्त रकम विश्वराम श्रेष्ठको बैंक खातामा जम्मा भएको देखिएको थियो । त्यसपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा श्रेष्ठले गर्दा निजले क्रिप्टो करेन्सीको कारोवार गरेको खुलेको थियो ।

वैदेशिक रोजगारको लागी दुवईमा बस्ने विश्वराम श्रेष्ठको आफन्त ज्ञान बहादुर श्रेष्ठले वैदेशिक रोजगारको लागि गएका अन्य नेपालीहरुसँग सहजरुपमा कम शुल्कमा नेपालमा रकम पठाई दिने भनी रकम र नेपालमा रकम प्राप्त गर्ने व्यक्तिको बैंक खाता नं. संकलन गर्ने गरेका थिए । उनले सो रकम बराबरको क्रिप्टो करेन्सी खरिद गरी विश्वराम श्रेष्ठको अकाउन्टमा क्रिप्टो करेन्सी पठाइदिने गरेका थिए । 

विश्वरामले उक्त क्रिप्टो करेन्सी बिक्री गरी ज्ञान बहादुर श्रेष्ठले दिएको बैंक खाताहरुमा रकम जम्मा गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो ।









प्रतिक्रिया



थप समाचारहरु