जिसस काभ्रेको प्रमुखका लागि कमला र दिपक भिड्ने


मेचीकाली

धुलिखेल–जिल्ला समन्वय समिति काभ्रेको निर्वाचनमा सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिसस को निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।

 जसअनुसार गठबन्धनको तर्फबाट समन्वय समिति प्रमुखको लागि नेकपा समाजवादीका जिल्ला सचिव दिपक गौतमले उम्मेदवारी दिएका छन् । यस्तै उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रिम बहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट जिसस प्रमुखमा कमला काफ्लेले उम्मेदवारी दिएकी छन्  । उनी धुलिखेल नगरपालिका वडा नम्बर १२ बाट सदस्यमा निर्वाचित भएकी थिइन् । 

एमालेबाट उपप्रमुखमा राजेन्द्र केसीले उम्मेदवारी दिएका छन् । उनी पनौती नगरपालिका वडा नम्बर ८ मा सदस्यमा निर्वाचित भएका हुन । यस्तै एमालेबाट महिला सदस्यमा रोजीना तामाङ, रुपा प्याकुरेल धिताल, मन मिजार, सदस्यमा गोपी बहादुर श्रेष्ठ, सागर मानन्धर र प्रकाश बञ्जारा तथा अल्पसंख्यकबाट प्रमिला बिक कामीको उम्मेदवारी परेको छ । जिल्ला समन्वय समितिको निर्वाचन असार १ गते हुँदै छ । 


प्रतिक्रिया



थप समाचारहरु