लागु औषधसहित पाँच जना पक्राउ


मेचीकाली

बनेपा– अबैध लागु औषध कारोबारमा संलग्न रहेका पाँच जना पक्राउ परका छन् । ईलाका प्रहरी कार्यालय बनेपाले अबैध लागु औषधको कारोबारमा संलग्न रहेको आरोपमा बनेपा नगरपालिका–१० जनागालबाट तीन जना र बिरगञ्ज महानगरपालिकाबाट दुई जना गरी पाँच जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक नारायण थापाले लागु औषध कारोबारमा संलग्न रहेका बारा कलैया उपमहानगरपालिका– १२ घर भई हाल बिरगञ्ज बस्ने पवन कुमार शाह र बिरगञ्ज महानगरपालिका–२४ का शेषनाथ शाहलाई शनिवार राति नै बिरगञ्जबाट पक्राउ गरिएको बताउनुभयो । 

यसैगरि कारोबारमा संलग्न रहेका बारा जिल्ला पिपरपाती गाउँपालिका–४ का समसोदिन मियाँ, बनेपा नगरपालिका–१० का सविन हुमागाँई र बारा डुमरवाना–४ की सङ्गिता चौधरीलाई शनिवार बनेपा नगरपालिका–१० बाट पक्राउ गरिएको बताउनुभयो । उहाँले प्रहरीले गोप्य सूचनाको आधारमा उनीहरुलाई शनिबार राति पक्राउ गरेको जनाएको छ । 

प्रहरीले बनेपामा पक्राउ परेका तीन व्यक्तिहरुबाट प्रहरीले ३०२ एम्पुल डाइजेपाम, ३०२ एम्पुल फेनेर्गन र ३०२ थान नोफिन गरी कुल ९०६ थान लागु औषध बरामद गरेको हो । प्रहरीले अनुसन्धानका क्रममा बिरगञ्जबाट पक्राउ परेका व्यक्तिहरुले भारतबाट लागु औषध बिरगञ्ज ल्याई बिरगञ्ज आएको लागु औषध खरिद गर्ने मान्छे खोजी गरि बनेपासम्म पु¥याउने र बनेपा तथा काठमाडौँबाट लागु औषध बिक्री हुँदै आएको खुलेको छ । घटनाको अनुसन्धानका लागि आईतबार जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग