काभ्रेका यी दर्जन उम्मेदवार : जसले सय मत पनि ल्याएनन्


मेचीकाली

काभ्रे– प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा काभ्रेपलाञ्चोक जिल्लाको दुई प्रतिनिधि सभा र त्यसअन्र्तगतको प्रदेश सभामा उम्मेदवारी दिएका उम्मेदवारमध्ये एक दर्जन उम्मेदवारले एक सय भन्दा कम मत प्राप्त गरेका छन् । जिल्लामा दुई प्रतिनिधि सभा र त्यस अन्र्तगतका प्रदेश सभामा गरी कुल ६४ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

निर्वाचनको मत परिणाम अनुसार प्रतिनिधि सभा १ मा पाँच जना, प्रतिनिधि सभा २ मा छ जना र प्रतिनिधि सभा १ को प्रदेश सभा (ख) मा उम्मेदवारी दिएका एक उम्मेदवारले एक सयभन्दा कम मत पाएका हुन् । निर्वाचन आयोगले तथ्याङ्क अनुसार काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा १ का नेपाल मजदुर किसान पार्टीका उम्मेदवार पूर्णसिंह तामाङले ९४ मत, राप्रपा नेपालका गोविन्दराज गिरीले ८५ मत, लोतान्त्रिक समाजवादी पार्टी नेपालका प्रकाश लामाले ४६ मत मात्रै पाए । यस्तै स्वतन्त्र उम्मेदवार राजन घोरासाईनेले ५९ मत र माधवप्रसाद कँडेलले ३३ मत पाए । यसैगरी जिल्लाको प्रतिनधि सभा २ मा  नेकपा माओवादी समाजवादीबाट उम्मेदवारी दिएका योकबहादुर घिसिङले ९९ मत, मङ्गोल नेशनल अर्गनाइजेशनका अचम्म लामाले ९२ मत पाएका छन् ।

प्रतिनिधि सभा २ मा नेकपा परिवर्तनबाट उम्मेदवारी दिएका उत्तरकुमार लामाले ८६ मत, स्वतन्त्र उम्मेदवार बोधनाथ न्यौपानेले ८३ मत, कृष्ण खत्रीले ४५ मत र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विजय तामाङले ३५ मत प्राप्त गरेका छन् । जिल्लाको प्रतिनिधि सभा १ को सदस्य पदको लागि १७ जना र प्रतिनिधि सभा २ मा १६ जनाले उम्मेदवारी दिएका थिए । यस्तै जिल्लाको प्रतिनिधि सभा १ अन्र्तगतको प्रदेश सभा (ख) का उम्मेदवार दुर्गाबहादुर घर्तीले ५० मत पाएका छन् । यो प्रदेश सभामा नौ जनाले उम्मेदवारी दिएका थिए ।


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग