कांग्रेसबाट निर्वाचित पूर्व वडाअध्यक्षद्वारा वडा कार्यालयको फेसबुक दुरुपयोग


विनोद न्यौपाने

पनौती (काभ्रे) : चुनावी माहोल आफ्नो पक्षमा पार्न र चुनाव प्रचार प्रसारका लागि उम्मेदवारले कतिसम्म गर्नसक्छ भन्ने पुष्टि गरेका छन्–काभ्रेको पनौती नगरपालिका वडा नं. ११ का निवर्तमान वडा अध्यक्ष तारामान लामाले । उनले आफ्नो चुनावी प्रचारका लागि वडा कार्यालयकै फेसबुक दुरुपयोग गरेको पाइएको छ । 

लामाले नेपाली कांग्रेसबाट पुनः अर्को कार्यकालका लागि वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । लामाले सोमबार वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराए । त्यसअघि https://www.facebook.com/profile.php?id=100017494575688 आइडी रहेको फेसबुक प्रोफाइल वडा कार्यालयको नाममा रहेको थियो । पदबाट राजिनामा दिएर लामाले वडा अध्यक्षमा उम्मेदवारी दिए पनि फेसबुक प्रोफाइल भने उनको पहुँचमा थियो, जसको दुरुपयोग गर्दै नलृ पनौती ११ को वडा कार्यालयको फेसबुक प्रोफाइलको नाम परिवर्तन गरी ‘काङ्रेस जिताऔ अभियान वल्थली’ बनाएका छन् । हिजो बुधबार नाम परिवर्तन गरी उक्त फेसबुकको प्रोफाइल पिक्चरमा लामाको फोटोसहितको प्रचार सामग्री राखिएको छ भने त्यसपछि पनि लगातार कांग्रेसको वडाका उम्मेदवारको प्रचार सामग्री पोष्ट गरिएका छन् । 

त्यसअघि पछिल्लोपटक अप्रिल १७ तारिख अर्थात वैशाख ४ गतेसम्म भने उक्त फेसबुकमा वडा कार्यालय तथा पनौती नगरपालिकाबाट जारी भएका सूचनाहरु पोष्ट हुने गरेका थिए ।

उक्त फेसबुक पेजको मा यो समाचार तयार पार्दासम्म वडा कार्यालयकै इमेल (panautiward11@gmail.com) राखिएको छ । उक्त फेसबुक प्रोफाइलमा करिब ५ हजार जना जोडिएका छन् । जसमध्ये अधिकांश मानिस वडाबासी रहेका छन्, जो वडाबाट जारी हुने सूचना पाउन साथी बनेका थिए । अहिले रातारात वडा कार्यालयको फेसबुक पेज नै दुरुपयोग गरेर आफ्नो चुनावी प्रचारका लागि दुरुपयोग गरेपछि बल्थलीबासी लामासँग आक्रोशित बनेका छन् ।

दुई बर्ष अघि लामाले चोरेर बिजुली प्रयोग गरेको पाइएपछि विद्युत प्राधिकरणले लाइनसमेत काटेको थियो । उनले घर निर्माण सम्पन्न नभईकन भुकम्पको पैसासमेत लिएका थिए ।  





प्रतिक्रिया



थप समाचारहरु