एमालेले माग्यो अर्थमन्त्रीको राजिनामा, बाँस्कोटाले भने, ‘अक्षम्य अपराधको छानबीन हुनुपर्छ’ (भिडियोसहित)


मेचीकाली

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्र जनार्दन शर्माको राजिनामा माग गर्दै संसद बैठक बहिस्कार गरेको छ । 

बजेट निर्माणको क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिलाई उपस्थित गराएर बजेटमै हेरफेर गर्ने अपराध गरेको भन्दै एमालेले अर्थमन्त्रीको राजिनामा मागेको हो । 

आज  बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक विधेयक २०७९ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन समय दिएका थिए । तर, एमालेका सांसदहरुले यथास्थानमा उठेर विरोध जनाएका थिए । बैठकमा एमालेको तर्फबाट धारणा राखेका सांसद गोकुल बाँस्कोटाले मन्त्री शर्माको राजीनामा मागेका थिए । उनले मन्त्री शर्मामाथि छानबिन हुनुपर्ने माग पनि गरे । अर्थमन्त्रीले अक्षम्य अपराध गरेको भन्दै बास्कोटाले अर्थमन्त्रीको कुनै पनि जवाफ एमाले र जनताले नसुन्ने बताए । अर्थमन्त्रीले जनतालाई नदेखेको भन्दै उनले आँखामा समस्या भए डाक्टर सन्दुक रुइतकहाँ गएर जचाउनसमेत सुझाव दिए ।

सरकार एकदलशीय तानाशाही व्यवस्थाको अभ्यासमा गएको र प्रतिपक्षीलाई नदेखेको भन्दै प्रतिपक्षीको मानमर्दन नगर्न चेनावनी पनि दिए । 

बाँकोटाले आफूमाथि प्रश्न उठ्दा राजिनामा दिएको उदाहरण गर्दैअर्थमन्त्रीमाथि छानबीन गर्न माग गरे । तत्कालै छानबीन समिति गठन गर्न पनि बाँस्कोटाले माग गरे । बास्कोटाले कसैको बैशाखी नटेकी स्थानीय तहको चुनावमा एमालेले ल्याएको परिणाम हेर्न पनि सत्तापक्षीय दलहरुलाई सुझाव दिए ।

भिडियो


प्रतिक्रिया



थप समाचारहरु

 

एउटा उदाहरणीय विवाह !