कटुवाललाई बचाउन कोरियामा रहेका नेपालीको सहयोग


मेचीकाली

काभ्रे–ब्लड क्यान्सरबाट पीडित नमोबुद्ध २ का गोकुल कटुवाललाई कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । 

नेपाली कांग्रेसका युवा नेताहरु मिनवहादुर तामाङ र हेमकुमार श्रेष्ठको पहलमा संकलन भएको १ लाख ३२ हजार ४ सय १२ रुपैयाँ आज हस्तान्तरण गरिएको छ ।  नेपाली कांग्रेस नमोबुद्ध–काठमाडौ सम्पर्क समितिका सभापति आकाश तामाङले नमोबुद्ध २ का वडाअध्यक्ष कविराज श्रेष्ठ, वडा सदस्य लक्ष्मण गौतमको उपस्थितिमा कटुवाललाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

।  नेपाली कांग्रेस नमोबुद्ध–काठमाडौ सम्पर्क समितिका सभापति आकाश तामाङले गोकुल कटुवालको जीवन रक्षाका लागि सहयोग संकलनको पहल गरिरहेका छन् । यसअघि दशैं, तिहार,नेपाल सम्वत, छठपर्व र ल्होसार पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा तामाङकै नेतृत्वमा आर्थिक सहयोग संकलन गरिएको थियो । उक्त कार्यक्रममा ७६ हजार १ सय १० रुपैयाँ संकmन भएको थियो । 

सहयोग संकलन अभियानमा नेतृत्व लिएका सभापति तामाङले विदेशमा पसिना बगाएर कटुवालको उपचारका लागि सहयोग गर्ने नेपालीहरुलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘थोपा थोपा संकलन गरे समुन्द्र बन्छ भने जस्तैं, कोरिया बसि थोपा थोपा सहयोग गरिदिनु हुने तपाईं सम्पुर्ण सहयोगी भावनाका धनी सम्पुर्ण साथीभाईहरुलाई हृदय देखि नैं नमन ।’


प्रतिक्रिया



थप समाचारहरु