दशैं अवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक


मेचीकाली , 

काभ्रे- नेपालीहरूको महान् चाड बडादशैंलाई लक्षित गर्दै काभ्रेपलाञ्चोक जिल्लामा टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभित्र टिपर सञ्चालन गर्न नपाइने भएको हो।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मंगलबार सूचना जारी गर्दै दशैंका बेला सडकमा हुने सवारी चाप कम गर्न, सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तथा यात्रुहरूको आवागमन सहज बनाउन टिपर सञ्चालनमा रोक लगाइएको जनाएको छ।

जिल्ला सुरक्षा समितिको २०८३ असोज २७ गतेको निर्णयअनुसार २०८३ असोज ३१ गते फूलपातीदेखि कात्तिक ९ गते पूर्णिमासम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माद्वारा जारी सूचनामा उल्लेख छ।

दशैंका बेला सवारीसाधनको चाप बढ्ने भएकाले यात्रुहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र सडक दुर्घटनाको जोखिम कम गर्न सम्बन्धित सबैलाई उक्त निर्णय कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।


प्रतिक्रिया



थप समाचारहरु