क्यान्सरपीडित नमोबुद्धका गोकुल कटुवाललाई आर्थिक सहयोग


मेचीकाली

काठमाडौं- ब्लड क्यान्सरबाट पीडित नमोबुद्ध २ का गोकुल कटुवाललाई नेपाली कांग्रेस नमोबुद्ध-काठमाडौ सम्पर्क समितिका सभापति आकाश तामाङको नेतृत्वमा आर्थिक सहयोग गरिएको छ ।

शनिबार काठमाडौंमा आयोजित दशैं, तिहार,नेपाल सम्वत, छठपर्व र ल्होसार पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आर्थिक सहयोग संकलन गरिएको थियो । कार्यक्रममा संकलित ७६ हजार १ सय १० रुपैयाँ आज वीर अस्पतालमा पुगेर कटुवाललाई हस्तान्तरण गरिएको नेपाली कांग्रेस नमोबुद्ध-काठमाडौं सम्पर्क समितिका सभापति आकाश तामाङले जानकारी दिए ।

सहयोग संकलन अभियानमा नेतृत्व लिएका सभापति तामाङले कटुवालको उपचारका लागि सहयोग गर्ने सबैमा आभार प्रकट गरेका छन् ।

कटुवालको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या परेपछि सहयोगीहरू अघि सरेका हुन् ।

नमोबुद्ध-काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री मोहन वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गणेश लामा, जिल्ला सभापति तीर्थ लामा, नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामा लगायतको उपस्थिती थियो ।




प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग